Comments Add Comment

निबन्ध लेख्नुस्, बाख्रा फार्म जित्नुस्

Word-essay-Free

निबन्ध प्रतियोगिता जित्नेले पुरस्कारमा के पाउला ? नगद पुरस्कार वा कुनै लेखपढसँग सम्बन्धित जिन्सी उपहार वा यस्तै यस्तै । तर एक दम्पतिले एउटा यस्तो निबन्ध प्रतियोगिताको आयोजना गरेका छन् जसमा जित्नेले घर तथा बाख्रा फार्म पाउनेछ ।

अमेरिकाको भर्जिनियाका दम्पति र्याण्डी सिल्भर्स र क्यारोलिन बेरीले यस्तो निबन्ध प्रतियोगिताको घोषणा गरेका हुन् ।

बाख्रा फार्मको व्यवस्थापन कसरी गर्ने ? भन्ने विषयमा १ हजार शव्द सम्मको निबन्ध लेखेर आउँदो अक्टोबर १ सम्ममा यी दम्पतिको ठेगानामा हुलाकमार्फत पठाउनुपर्नेछ । जित्नेले ६ लाख डलर पर्ने ३५ एक्कडमा फैलिएको बाख्रा फार्म सित्तैमा पाउनेछन् । उत्तरी अलाबामामा रहेको उनीहरुको बाख्रा फार्मको नाम हम्बल हर्ट फार्मस् हो । निबन्ध प्रतियोगितामा भाग लिनका लागि २ सय डलर शुल्क भने तिर्नुपर्नेछ ।
Word-Essay-Farm
निबन्धहरुको प्रारम्भिक मूल्यांक आफैले गरेपछि २५ जना फाइनालिष्ट छनोट गरिनेछ र ती २५ निबन्धलाई ३ सदस्यीय निणर्ायक मण्डलसामु प्रस्तुत गरिनेछ । निणर्ायक मण्डलमा शिक्षाविद, कृषक तथा घोडामा रुची राख्ने मानिस रहनेछन् । ३ सदस्यीय निर्णायक मण्डलले आगामी नोभेम्बर २६ मा विजेता प्रतियोगीको घोषणा गर्नेछ ।

बेरीले झण्डै ५ हजार निबन्ध आफुहरुले प्राप्त गर्ने अपेक्षा गरेका छन् । निबन्धको मापदण्डको बारेमा उनी भन्छन्, ‘सुरुवाती अनुच्छेदले नै पढ्नेलाई आकर्षण गर्नुपर्नेछ, पढुँपढुँ लाग्ने हुनुपर्नेछ साथै स्पेलिङ तथा व्याकरणमा गल्ती गर्न पाइनेछैन । केरमेट पनि गर्न पाइनेछैन र बाख्रा फार्मको व्यवस्थापन र हेरचाह कसरी गर्ने विचार छ त्यो कुरा प्रष्ट रुपमा खुलाएर लेख्नुपर्नेछ ।’

गटडायरी एस्से डट कम नामक वेबसाइट मार्फत यो निबन्ध प्रतियोगिताका विषयमा पूर्ण जानकारी सिल्भर्स र बेरीले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment