Comments Add Comment

सलमानकी फस्ट हिरोइन छोराको लागि टिप्स माग्दै

मुम्बई । सलमान खानको पहिलो अनस्क्रिन नायिका भाग्यश्री अहिले अहिले सलमानसँग नजिकिन थालेकी छिन् । भाग्यश्रीले अहिले आफ्नो लागि नभएर छोराका लागि सलमानसँग हिमचिम बढाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

त्यसो त केही समय अघि भाग्यश्रीका छोरा अभिमन्यु दासानीलाई सलमानले आफ्नै कम्पनिको फिल्मवाट डेब्यु गराउन लागेको पनि हल्ला चलेको थियो । तर, भाग्यश्रीले त्यो सम्भावना नरहेको बताउँदै भनिन् ‘म मेरो लागि हैन ।

bhagyashree

छोराको लागि सलमानसँग अभिनयको केही टिप्स लिन चाहन्छु ।’ उनले भर्खरै सलमानको ‘बजरंगी भाइजान’ हेरेको जानकारी दिंदै फिल्म निकै मन परेको प्रतिक्रिया दिईन् ।

विवाहपछि घर परिवारमै रमाएर बसेकी भाग्यश्रीले तत्काल कमब्याकको सम्भावना नरहेको बताइन् । उनको भनाई अनुसार कमब्याक हुनका लागि त्यहि किसिमको स्त्रिmप्ट चाहिन्छ । उनलाई त्यस किसिमको कुनै प्रस्ताव आएको छैन ।

सन १९८९ मा बनेको ‘मैले प्यार किया’ सलमान र भाग्यश्रीको डेब्यु फिल्म थियो । त्यसपछि भाग्यश्रीले कमाल गर्न सकिनन् र हिमालय दासानीसंग घरजम गरिन् । उनका एक छोरा एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment