Comments Add Comment

करिना सय करोड क्लबको अग्रस्थानमा

Karina-Kapur

मुम्बई । अहिले करिना कपुर निकै खुसी छिन् । ‘बजरंगी भाईजान’ को सफलतापछि करिना बलिउडमा सय करोड क्लबकी पहिलो स्थानकी नायिका बनेकी छिन् ।

बजरंगी भाईजान निर्माण हुनु अघि करिना, दीपिका पादुकोण र सोनाक्षी सिन्हाको स्थान समान थियो । उनीहरुले अभिनय गरेका ५/५ फिल्मले सय करोड क्लबमा प्रवेश गरेको थियो । अब करिनाले अभिनय गरेको फिल्मको संख्या ६ पुगेको छ । बजरंगी भाईजानले दुईसय करोड पार गर्नै लाग्दा करिनाले यो सफलता पाएकी हुन् ।

यसअघि करिना अभिनित थ्री इडियट्स, रा-वन, बडीगार्ड, गोलमाल-३, र सिंघम रिर्टन्सले सय करोड बढी ब्यापार गरेको थियो ।

उनकी प्रतिस्पर्धी नायिका दीपिका पादुकोण अभिनित रेश-२, ये जवानी है दीवानी, चेन्नाई एक्सप्रेश, हयाप्पी न्यु ईयर र रामलीला पाँच फिल्मले सय करोड क्लबमा प्रवेश पाएको छ । अर्कि नायिका सोनाक्षी सिन्हाको पनि दबंग, दबंग-२, राउडी राठौर, सन अफ सरदार लगायतले सय करोड क्लबमा स्थान पाएको थियो ।

कट्रिना कैफ, प्रीयंका चोपडा र आसिनको पनि करोड क्लबमा समान हैषियत छ उनीहरुको पनि ४/४ फिल्मले सय करोड क्लमा प्रवेश पाएको छ ।

अन्य नायिकाहरु ज्याक्लिन फर्नाडेस, काजोल अग्रवाल, सोनम कपुर, अनुश्का शर्माका केही फिल्मले सय करोड क्लबमा सहभागी हुने अवसर पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment