Comments Add Comment

कास्की फाइनान्स र कामना विकास बैंक गाभिने

kamana-kaski-merger-photo१९ साउन, काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको कास्की फाइनान्स र कामना विकास बैंक एकआपसमा गाभिने भएका छन् । गाभिएर राष्ट्रिय स्तरको विकास बैंक बन्ने सहमतिपत्रमा सोमबार हस्ताक्षर सम्पन्न भएको छ ।

सहमतिपत्रमा कामना विकास बैंककोे तर्फबाट अध्यक्ष राजेन्द्रनिधि कोइराला र कास्की फाइनान्सको तर्फबाट अध्यक्ष मदन शर्माले हस्ताक्षर गरेका छन् ।

मर्जर पछि बन्ने राष्ट्रियस्तरको विकास बैंकको नाम कामना विकास बैंक लिमिटेड नै रहने र कास्की फाइनान्सको लोगो रहने बताइएको छ । गाभिए पछी बैंकको केन्द्रीय कार्यालय पोखरामै रहने प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

मर्जरपछि बैंकको अध्यक्षमा राजेन्द्रनिधि कोइराला, प्रमुख कार्यकारी अधिकृतमा तोयराज अधिकारी र नायब प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य रहनेछन् । बैंकको सञ्चालक समितिमा दुवै वित्तिय संस्थाको तर्फबाट ४/४ जना र एक जना विशेषज्ञ सञ्चालक रहने सहमति भएको कास्की फाइनान्सका अध्यक्ष मदन शर्माले बताए ।

हाल कामना विकास बैंक लिमिटेडको चुक्ता पूँजी २७ करोड ८३ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७१/०७२ को नाफाको बोनस सेयर जारीपछि ३४ करोड २० लाख पुग्नेछ । कास्की फाइनान्स लिमिटेडको चुक्ता पूँजी २८ करोड ३५ लाख रहेको र आव २०७१/०७२ को नाफाबाट बोनस शेयर जारी पछि ३३ करोड २५ लाख पुग्नेछ । मर्जर पछि विकास बैंकको चुक्ता पूँजी करिब ६७ करोड ४५ लाख पुग्ने कास्की फाइनान्सका अध्यक्ष शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment