Comments Add Comment

नेपालसँग मालिंगा नखेल्ने, विश्व ११ को कप्तानी जयसूर्याले गर्ने

Bad-for-Nepal

१९ साउन, काठमाडौं । श्रीलंकाका बलर लासिथ मालिंगा ‘ब्याट फर नेपाल’ अन्तरगत अर्को साता हुने नेपालविरुद्ध विश्व ११ बाट नखेल्ने भएका छन् ।

भूकम्प प्रभावित नेपाललाई सहयोग जुटाउने उद्देश्यले मलेसियाको किनरारा ओभलमा आगामी आइतबार नेपाल र विश्व ११ बीच २० ओभरमा खेल हुँदैछ ।

विश्व ११ टीमको कप्तानी श्रीलंकाका लेजेन्ड सनथ जयसूर्याले गर्ने भएका छन् ।

मलेसिया क्रिकेट संघका अनुसार टोलीमा मालिंगा छैन । सुरुमा उनले ब्याट फर नेपाल अभियानको समर्थन गर्दै खेल्ने बताएका थिए ।

विश्व ११ मा पाकिस्तानका पूर्व विकेट किपर रसिद लतिफ, बंगलादेशका पहिलो टेष्ट कप्तान अमिनुल इस्लाम, अब्दुल रज्जाक, शोहाग गाजी, अष्ट्रेलियाका स्टिभ ओ’किफे, मार्कुस स्टाइनिस, मलेसियाका सुरेश नभरत्नम, अहमद फैज, वेणुगोपाल राव र सिंगापुरका चेतन सूर्यवंशी छन् ।

नेपालले टोली घोषणा गरेको छैन । तर, खेल हेर्न आउने अधिकांश दर्शक नेपाली नै हुने भएकाले अधिकांश सिनियर खेलाडीहरु नै टोलीमा हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment