Comments Add Comment

शहरी विकास आयोजनाको काम द्रुत तगतिमा

१९ साउन, नेपालगन्ज । नेपालगन्जमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाको निर्माण सकारेको अन्तर्राष्ट्रियस्तरको निर्माण कम्पनी कालिकाले आफ्नो कामलाई अहिले पुनः गति दिएको छ ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित सो आयोजनाअन्तर्गत सतही नालाको चार वटा निकासमध्ये तीन वटाको काम करिबकरिब सकिएको छ ।

अमिलिया, दोदरा, डुडुवा र रतैया चार निकासमध्ये रतैयाबाहेक अरुको काम करिब सकिएको कालिकाका साइट इन्जिनियर गोविन्द भुसालले बताए ।

फुलटेक्रादेखि बाँकेगाँउ हुँदै रतैयासम्म पुग्ने नालाको काम पनि ९० प्रतिशत सकिएको, बाँकेगाउँ क्षेत्रमा अहिले नाला बनाउने काम नसकिएकाले सो नालाले भने पूर्णता पाउन नसकेको हो ।

बाँकेगाउँका जनताबीच ढिलो गरी भएको सडक कति मिटर बनाउने भन्ने विषयमा समयमा सहमति हुन ढिलाइ भएका कारण वर्षाको मुखमा आएर बाँकेगाउँमा काम गर्नुपरेको इन्जिनियर भुसाल बताउछन् ।

एसियाली विकास बैंकको ७७ करोडको बजेट रहेको आयोजनाअन्तर्गत करिब आठ मिलोमिटर सडक निर्माण गर्ने काममध्ये हालसम्म करिब तीन किलोमिटर मात्र निर्माण हुन सकेको छ ।

यसअघि असारमा परेको पानी नालाको मुख अवरुद्ध हुँदा बग्न नपाएपछि बुलबुलिया शान्तिनगर क्षेत्र दुई पटक डुबानमा परेको थियो ।

नालाको काम अवरुद्ध हुँदा यो क्षेत्रका नागरिक ठूलो वर्षेझरीमा डुबानमा पर्ने सम्भावनालाई दृष्टिगत गरी बाँकेगाउँमा निर्माण भइरहेको काम द्रुत तगतिमा थाल्ने निर्देशक क्षेत्रीले बताए ।

आयोजनाको निर्माण काममा सघाउ पु¥याउने सरकारी निकाय विद्युत्, खानेपानी र नेपाल टेलिकमले आफूले गर्ने काम दुई महिना ढिलो गरी सञ्चालन गरेपछि बाँकेगाउँमा नालाको काम ढिलो गरी सुरु भएको इन्जिनियर भुसालको आरोप छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment