Comments Add Comment

प्रजातन्त्रका लागि जेलनेल खाएका गजुरेल यूएईमा पसिना बगाउँदै

रामप्रसाद ढुंगेल

यूएई । २०४६ सालका प्रजातान्त्रिक आन्दोलनमा सहभागी झापा शनिश्चरेका तिलक गजुरेल संयुक्त अरब इमिरेट्स (यूएई)मा पसिना बगाइरहेका छन् । २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी गजुरेलका थुप्रै सहयात्रीहरु सभासददेखि मन्त्रीसमेत भए ।

आफ्ना सहयात्रीहरु नीति निर्माण तहमा पुगेर मुलुकको नीति निर्माणमा ब्यस्त रहँदा गजुरेल भने आफ्नो जीविकोपार्जनका लागि अबुधावीमा दैनिक १२ घण्टा श्रम गरिरहेका छन् । प्रजातन्त्र पुनर्वहालीको क्रममा २०४६ सालमा कांग्रेको विद्यार्थी नेता भइसकेका थिए । उनी नेविसंघ झापाको सचिव भएको अवस्थामा समय जेल जीवनसमेत ब्यतित गरे ।

tilak gajurelउनी झापाका प्रजातान्त्रिक आन्दोलनका अग्रणी मात्र थिएनन्, लामो समय प्राध्यापन पेशासमेत अपनाए । उनैले शिक्षा दिएका हजारौं विद्यार्थी यूरोप र अमेरिका पुगे पनि गजुरेल भने यूएईमा हाड घोटिरहेछन् ।

वैदेशिक रोजगारमा गएका थुप्रै नेपालीहरु विभिन्न संघ संगठनमा आवद्ध भई सक्रिय देखिन्छन् तर गजुरेल सामाजिक सेवामा समर्पित भएर पनि चर्चामा आउनसमेत चाहँदैनन् ।

भूकम्पपीडितलाई सहयोग गर्न आफ्नै तलब पठाए

उमेरले ४५ वर्ष नाघेका गजुरेलले वैशाखमा नेपालमा गएको विनासकारी भूकम्पका पीडितहरुलाई सहयोगार्थ केही रकम जुटाएर पठाए । आफूसँगै काम गर्ने साथीहरुसँगबाट एक दिनको तलब जुटाउने प्रयास गरे पनि भने जस्तो पैसा नजुटेपछि आफैले कमाइ गरी जुटाएको ६२ हजार रुपैयाँ पठाए भने विभिन्न ठाउँबाट गरी १ लाख ५० हजार जुटाएर सहयोग पठाए ।

राहत वितरणका लागि पनि गजुरेल आफै नेपाल आउन चाहे पनि आउन नसकेपछि छोरा र छोराकै सहकर्मीहरुलाई राहत वितरणको जिम्मा दिए । उनका छोरा निरज र निरजका साथी सुपराज बान्तवा राईले रामेछापको भुजी गाउँमा राहत बाँडेका थिए ।

९० प्रतिशत घर भत्किएको भुजीगाउँमा अधिकांश दलितवस्ती रहेको अधिकांश क्रिश्चियन धर्मावलम्बीहरु रहेका धार्मिक सहिष्णुताकै लागि भुजी गाउँ राहत वितरणको रोजाइमा परेको गजुरेलले बताए ।

भूकम्पपीडितको लागि आर्थिक सहयोग जुटाउने अभियानमा हल्यान्डमा कार्यरत उनका पूर्व सहकर्मी प्रकाश गिरी र हल्यान्ड नागरिक रम्स रोतीले पनि साथ दिएका थिए भने कुबेतमा रहेका सुमित चिमोरिया, यूएईबाट रविन खनाल, आरपी सहयात्री लगायतले राम्रो सहयोग गरेको भन्दै गजुरेलले बताए । स्नातकसम्मको अध्ययन गरेका गजुरेलले जीवनका २ दशक नेपालमै शिक्षण पेशा अपनाएका थिए ।

गुरुको सम्मान गर्छन् गजुरेल
कुरामा भन्दा पनि कर्ममा विश्वास गर्ने गजुरेल गुरुको सम्मान गर्न चाहन्छन् । त्यसैले हरेक वर्षको गुरु पूणिर्मामा गुरु भेट्न परदेशबाटै आउने गरेका थिए ।

गुरू पूर्णिमामा गुरूलार्इ सम्मान गर्दै गजुरेलका परिवार
गुरू पूर्णिमामा गुरूलार्इ सम्मान गर्दै गजुरेलका परिवार

परदेशमा रहे पनि विगत तीन वटा गुरुपूणिर्मामा नेपालपुगी झापाकै शनिश्चरे मन्दिरमा एक कार्यक्रम गरी आफूलाई पढाएका गुरुहरुलाई सम्मान गर्दै आएका थिए ।

तर यसपाली स्वेदेश फर्किन नसके पनि आफ्नी श्रीमती मीना, छोरा निरज र छोरी निकिताले आफ्ना गुरुहरुलाई भेला गराई सम्मान गरेकोमा गजुरेल फुरुङ्ग भए ।

काममा विश्वास गर्ने, आफ्ना अग्रजहरुको सम्मान गर्ने, देशको अवस्थाको विषयमा परदेशबाटै चिन्तनमनन् गर्ने, परेको बेलामा सहयोगी हातहरु अघि बढाउने गजुरेलजस्ता पौरखी हातहरुलाई मुलुकको प्रजातन्त्रको हिमायती भन्नेहरुले सम्मान गर्न जरुरी छ । परिवर्तनका सारथी यिनै श्रमजीवी हातहरुको सम्मान गर्ने संविधान मुलुकले पाएमा मात्रै गजुरेलजस्ता श्रमजीवीहरुको सम्मान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment