Comments Add Comment

दुई महिनामै ४ हजार ५ सय थान डियो स्कूटी बिक्री

काठमाडौं । नेपालमा सवैभन्दा लोकप्रिय स्कूटर होण्डा डियोको पछिल्लो संस्करण झण्डै चार हजार पाँच सय थान बढि विक्रि भएको छ ।

नेपालका लागि होण्डाको आधिकारिक विक्रेता स्याकर ट्रेडिङ कम्पनीले दुई महिनाअघि नयाँ रंग र मोडलका डियो स्कुटर सार्वजनिक गरेको थियो ।

Honda-Dio-New

रंग र स्टाइलमा समेत परिमार्जन गर्दै नेपाली बजारमा बिक्री सुरु भएको डियोलाई छोटो समयमै धेरै उपभोक्ताले रुचाएका छन् ।

‘निकै छोटो समयमा हामीले बिक्रिको नयाँ रेकर्ड राख्न सफल भएका छौं’ स्याकर ट्रेडिङका प्रबन्ध निर्देशक शौरभ ज्योतीले भने ‘नयाँ स्कूटरको रंग संयोजन धेरै रुचाइएको छ ।’

हृाल डियो स्कूटर स्पोर्टस् रेड, ब्ल्याक, क्याण्डी पाल्म ग्रिन तथा क्याण्डी ज्याज ब्लु कलरमा उपलब्ध छन् ।

जापानको होण्डा कम्पनीले उत्पादन गर्ने डियो स्कूटर नेपालमा सवैभन्दा धेरै रुचाइएको स्कूटर हो । सामान्यतयाः नेपालमा हरेक महिना एक हजार ८ सय डियो स्कूटर बिक्री हुने गरेको र यो दर २० प्रतिशतले बृद्धि भइरहेको कम्पनीले जनाएको छ ।

महिला मात्र नभएर पुरुषले पनि स्कूटर चढ्ने भएकाले पछिल्लो समयमा स्कूटरको बिक्री बढेको कम्पनीले जनाएको छ ।

प्रतिलिटर ६० किलोमिटर माइलेज दिने डियो स्कूटरको मूल्य १ लाख ७२ हजार ९ सय रुपैयाँ पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment