Comments Add Comment

दलित अधिकारकर्मीमाथि बिजुलीबजारमा ‘प्रहरी दमन’

Daljit Shripaili

  • लाठीचार्जबाट घाइते एमाओवादी सभासद दलजीत श्रीपाईली । तस्वीर : कविन अधिकारी/अनलाइनखबर

१९ साउन, काठमाडौं । संयुक्त राजनीतिक दलित संघर्ष समितिको आह्वानमा एक घण्टा चक्काजाम गर्न नयाँ वानेश्वरको विजुलीबजार पुलमा जम्मा भएका दलित अधिकारकर्मीहरुलाई प्रहरीले लाठीचार्ज गरेको छ ।

प्रहरीको लाठीचार्जबाट नेपाली कांग्रेसका सभासद मानबहादुर विश्वकर्मा, नेकपा एमालेका सभासद जितु गौतम, एकीकृत नेकपा माओवादीका सभासद दलजित श्रीपाईली लगायत घाइते भएका छन् ।

श्रीपाईलीको मुखमा र गणेश विकेको टाउकोमा गम्भिर चोट लागेको छ । दलित अधिकारकर्मी दुर्गा सोव, कमला हेम्चुरी, सहेक विश्वकर्मा, रणबहादुर रम्तेल, पुष्प वादी, भद्रमान मोते, दिनेश हरिजन लगाएत सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल हस्पिटल लगिएको छ ।

आन्दोलन अझै सशक्त बनाउने चेतावनी

dalit ko andolan  (2)

संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक परशुराम रम्तेलले प्रहरी दमनको विरोध गर्दै राज्यले नै दलित अधिकारलाई कुण्ठित वनाउने दुष्प्रयास गरेको बताए ।

शान्तिपूर्ण चक्काजाममा निस्किएकाबेला प्रहरीले क्रुर दमन गर्दै कुटपीट गरेको सभासद जितु गौतमले बताए । यस्तै सभासद श्रीपाईलीले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेकाले आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिए ।

आन्दोलनका घोषित कार्यक्रम अनुसार दलित अधिकारकर्मीहरुले मंगलबार देशभर १० बजेदेखि एक घण्टासम्म चक्काजाम गरेका छन् । चक्काजाममा संयुक्त राजनीतिक दलित संघर्ष समिति, दलित सभासद समन्वय समिति, दलित नागरिक समाज र दलित अधिकार संघर्ष समितिले समर्थन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment