Comments Add Comment

‘मिस यूथ’मा यूवतीले नि:शुल्क सहभागीता जनाउन पाउने

miss-youth-nepal
नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमै पहिलो पटक शूल्क बिना नै सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउन पाइने भएको छ । टि्रक मिडियाले पहिलो पटक आयोजना गर्न लागेको ‘मिस यूथ नेपाल-२०१५’मा सहभागी हुन चाहने प्रतिस्पर्धी युवतीले कुनै पनि शूल्क तिर्नु नपर्ने आयोजक संस्थाका प्रमुख नहकुल खड्काले स्पष्ट पारेका छन् ।

यसअघि टेलिभिजनमा रियालिटी शो तथा क्विज कार्यक्रम निर्माण गरिरहेको टि्रक मिडियाले ‘मिस यूथ नेपाल’ मा सहभागिताका लागि आगामी साउन २३ गते शनिवार पहिलो अडिसन कार्यक्रम सञ्चालन गर्दैछ । ‘यूथ विद पर्पोस’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको यो प्रतियोगितामा सहभागिता जनाउने युवतीहरु प्लस टु उत्तिर्ण १६ वर्षदेखि २५ वर्ष उमेर समुहको हुनु पर्ने आयोजकले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

प्रतियोगिताका लागि छनौट हुने सुन्दरीहरुलाई एक महिनाको विशेष प्रशिक्षण प्रदान गरिने छ । भदौको दोस्रो साता जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुने यो प्रतियोगितामा सहभागी हुने प्रतियोगिहरुलाई चलचित्र निर्देशकहरु दिनेश डिसी, सुमन दाहाल, सुचित्रा श्रेष्ठ, क्याप्टेन विजय लामा, संगीतकार महेश खड्का आदिले व्यक्तित्व विकाससहितका विधामा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पासहित गतिविधीमा समेत सहभागि गराइने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment