Comments Add Comment

आन्तरिक वायुसेवाको हवाई भाडा घट्यो (सूचीसहित)

१९ साउन, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीले औषतमा ११.०८ प्रतिशत हवाई भाडा घटाएका छन् । वायुसेवा कम्पनीले साउन २२ गतेदेखि लागू हुने गरी  हवाई भाडा घटाएका हुन् ।

lukla-airportवायुसेवा सञ्चालक संघको मंगलबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु १६८ रुपैयाँ ७५ पैसा घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा ५८१ रुपैयाँ २५ पैसा घटाइएको छ ।

यसैगरी, काठमाडौंबाट विहानमा हुँदै आएको माउन्टेन फ्लाइटमा ५६२ रुपैयाा ५० पैसा घटाइएको छ ।

निगमले आइतबार हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपैयाँ घटाएर ११८ रुपैयाँ कायम गरेको छ । ‘निगमले हवाइ इन्धन घटाएपछि हामीले पनि यात्रुलाई इन्धनबापत लिइँदै आएको शुल्क कटौती गर्ने निर्णय गरेका हौं’ संघका प्रवक्ता घनश्याम आचार्यले अनलाइनखबरसँग भने ।

यसअघि निगमले हवाई इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा घटाएका थिए । संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा घटबढ गर्ने प्रवक्ता आचार्यले बताए ।

कहाँ कति घट्यो ?

देखि सम्म घटेको शुल्क
काठमाडौं पोखरा रु. २५३.१३
काठमाडौं धनगढी रु. ५८१.२५
काठमाडौं विराटनगर रु. ३४६.८८
काठमाडौं भरतपुर रु. १९६.८८
काठमाडौं भद्रपुर रु. ४१२.५०
काठमाडौं भैरहवा रु. ३०९.३८
काठमाडौं जनकपुर रु. २२५
काठमाडौं सिमरा रु. १६८.७५
काठमाडौं तुम्लिङटार रु. ३०९.३८
विराटनगर तुम्लिङटार रु. १८७.५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment