Comments Add Comment

गृहमन्त्रीले आत्मालोचना गर्नु पर्ने सत्तारुढ सभासदकै माग

१९ साउन, काठमाडौं । सत्तारुढ कांग्रेस र एमालेकै सभासदले दलित समुदायको धर्नामाथि प्रहरी दमन भएको भन्दै गृहमन्त्री बामदेव गौतमले आत्मालोचना गर्नु पर्ने माग गरेका छन् ।

Bugut vasan an samsad  (13)
फाइल फोटो

व्यवस्थापिका संसदको बैठकमा सत्तारुढ कांग्रेस, एमालेसहित दलका सभासदहरुले दलित सभासद तथा अधिकारकर्मीमाथि दमन भएको भन्दै गृहमन्त्रीको जवाफ मागेका छन् ।

कांग्रेस सभासद दिपक गिरीले काठमाडौंसहितका स्थानमा दलित समुदायले दिएको धर्नामा प्रहरीले दमन गरेको बताए ।

एमाले सभासद भानुभक्त ढकालले गृहमन्त्री गौतमले सदनमा जवाफ दिनुपर्ने र आत्मालोचना गर्नु पर्ने माग गरेका छन् । उनले दमनको सही ढंगले छानविन गर्न र संविधानलाई सम्वृद्ध बनाउन दलितहरुले राखेका मागहरुलाई सम्वोधन गर्न माग गरे ।

कांग्रेस सभासद मीन विश्वकर्माले आफूहरुको धर्नामा प्रहरीले अमानवीय र बर्बर दमन गरेको भन्दै गृहमन्त्रीले आत्मालोचना गर्नु पर्ने माग गरे ।

उनले दमनका लागि आदेश दिने प्रहरी प्रमुखलाई कारबाही गर्न समेत माग गरेका छन् । उनले भने-‘आदेश दिने प्रहरी अधिकृतलाई कारवाही गर्नुपर्छ । घाइतेहरुको निःशुल्क उपचार गर्नुपर्छ र पक्राउ परेकाहरुलाई रिहा गर्नुपर्छ ।’

प्रमुख विपक्षी एमाओवादीका सभासद कर्णबहादुर विश्वकर्माले हिन्दु राष्ट्र माग गर्दै बानेश्वरमा भाला र तरबार देखाउँदा केही नगर्ने सरकारले दलितमाथि किन लाठी र बुट बर्साएको भनेर प्रश्न गरेका छन् ।

नेकपा मालेका सभासद अइन्द्र सुन्दर नेम्वाङले दलित अधिकारकर्मीलाई दमन गर्ने प्रहरी प्रशासनका प्रमुखहरुलाई कारवाही गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment