Comments Add Comment

सांस्कृतिक संस्थान पर्यटनप्रवर्द्धनमा लाग्ने

१९ साउन, काठमाडौं । सांस्कृतिक संस्थानका नवनियुक्त महाप्रबन्धक राजेश थापाले पर्यटन प्रवर्द्धन र राष्ट्रिय संस्कृतिको उत्थानमा संस्थाबाट ठोस योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महाप्रबन्धक थापाले कलाकर्मीलाई उपयोग वा देखावटी गहनाका रुपमा हेर्ने राज्यको दृष्टिकोण परिवर्तन हुनुपर्ने बताए । आफूले संस्थानमा कलाकार दरबन्दी बढाउन पनि पहल गर्ने उनले बताए ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका महासचिवसमेत रहनुभएका महाप्रबन्धक थापाले सोमबार जमलस्थित कार्यालयमा पदबहाली गरेका थिए । उनलाई संस्थानका अध्यक्ष उद्योग राईलगायतले स्वागत गरे ।

मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले थापालाई नियुक्त गरेको थियो । यसैगरी, संस्थानका नवनियुक्त सञ्चालक समिति सदस्य प्रेमनाथ अधिकारीलाई पनि स्वागत गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment