Comments Add Comment

समिक्षाः सामान्य तर, रोचक दृश्यम

निर्देशकः निशिकान्त कामत
कलाकारः अजय देवगण, तब्बु

ajay davgan

पुरानो चलचित्र ‘दृश्यम’ को रिमेक गरेर बनाइएको नयाँ दृश्यम अहिले सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ । मुल दृश्यम सन २०१३ मा बनेको थियो । यसका निर्देशक थिए जीतु जोसफ । फिल्म निकै सफल भएको थियो । कमल हसनले तमिल रिमेकमा नायकको भूमिका निर्वाह गरेका थिए । हिन्दी रिमेकमा नायकको भूमिका निर्वाह गरेका छन् अजय देबगणले ।

कथा यस्तो छ

एउटा लफंगा युवक स्कुलले आयोजना गरेको एक कार्यक्रममा सहभागी किशोरीको नग्न भिडियो खिच्छ । अनि त्यहि भिडियो देखाएर किशोरीसँग ब्ल्याकमेलिङ गर्न लाग्छ । तर, उसको योजना सफल हुँदैन । त्यहि भिडियोको कारण उसको मृत्यु हुन्छ ।

पीडित युवतिले आफ्नी आमालाई लफंगाले भिडियो खिचेको र ब्ल्याकमेलिङ गरेको सबै कुरा सहजै भनिदिन्छे । जबकि यी प्रसंग सुहाउँदो लाग्दैन । किनकी सबै छोरीहरुले त्यसरी त्यस्ता कुरा आमालई भन्न सक्दैनन् ।

नाङ्गो भिडियो खिचेर छोरीलाई ब्ल्याकमेलिङ गर्ने केटालाई आमा छोरी मिलेर मारिदिन्छन् । त्यतीबेलासम्म किशोरीको बाबुलाई केही थाह हुँदैन ।

जब युबकको मृत्यु हुन्छ । अनि मात्रै युवतिको बुबा (अजय देबगण) लाई थाह हुन्छ । उनीहरुले कुनै प्रमाण फेला नपरोस् भनेर युवकको सब गायक पार्छन् ।

अर्को हाँसो उठ्दो कुरा त्यसरि मर्ने ब्यक्ति प्रहरी अफिसर तब्बुको एक्लो छोरा हुन्छ । आफ्नो छोरा हराएको त्यतिका दिन बित्दा पनि आमाले वास्तै नगरी बसे झैं देखिन्छ । संसारमा त्यस्ता आमा कमै हुन्छन् भन्नेमा निर्देशक जानकारी हुन जरुरी छ ।

ajaydevgn-2

चुस्त अभिनय

चलचित्रमा नायकको चरित्र एक सामान्य नागरिकको भन्दा फरक छैन । उसले चार कक्षा भन्दा बढी पढेको छैन । तर, उसको आत्मविश्वास गज्जब छ । उसको चरित्र हेर्दा कतैवाट पनि बलिउड स्टार जस्तो लाग्दैन ।

चलचित्रमा अजय देबगणलाई उसले निर्वाह गरेको चरित्रले थिचेको छ । त्यसकारण पनि दर्शकलाई फिल्म मन परेको हो । तब्बुको अभिनय उस्तै दमदार छ । केही वर्षपछि आएकी तब्बुले दर्शकलाई खुस बनाएर पठाएकी छिन् ।

निर्देशक निशिकान्त कामतले दर्शकलाई ध्यानमा राखेर फिल्म बनाएका छन् । उनले सन २००५ मा ‘डोबीवली फास्ट’वाट निर्देशन सुरुवात गरेका थिए । उक्त फिल्ममा ‘एङ्ग्री योङ म्यान’ को वास्तवीक परिभाषा दिने कोशिश गरेका थिए उनले । मुम्बई मेरी जान, सिन्स फोर्स जस्ता फिल्म पनि बनाएका थिए । ती फिल्म हेरेर उनका दर्शक सन्तुष्ट भएका थिए ।

समग्रमा दृश्यम सामान्य तर, रोचक फिल्म हो । फिल्म सुरु हुँदा लै कौतुहलता जाग्छ हत्या कसले गरेको हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment