Comments Add Comment

विश्व ११ सँग खेल्ने नेपाली टोलीमा राजु र सिद्धान्त

१९ साउन, काठमाडौं । ब्याट फर नेपाल अभियान अन्तर्गत विश्व ११ सँग हुने खेलका लागि पारस खड्काको कप्तानीमा १३ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

आइतबार किनरारा ओभलमा हुने खेलमा विश्व ११ को कप्तानी भने श्रीलंकाका लेजेन्ड सनथ जयसूर्याले गर्नेछन् ।

Raju-Rijal-And-Sidanta-lohaniलेजेन्डहरुसँगको खेलका लागि नेपाली टोलीमा यू-१९ का कप्तान राजु रिजाल सफल भएका छन् । पहिलो पटक सिनियर टोलीमा मौका पाएका उनले विकेट किपरको भूमिका निभाउने छन् ।

भुवन कार्की र मेहबुब आलमले पुनरागमन गरेका छन् । टी-२० विश्वकप छनोटमा जर्सीविरुद्ध डेब्यू गर्दै राम्रो प्रभाव छोडेका सिद्धान्त लोहनी पनि टोलीमा परेका छन् ।

तर, पछिल्लो केही वर्ष नेपाली टोलीको नियमित सदस्य रहँदै आएका सुवास खकुरेल र विनोद भण्डारी टोलीमा पर्न सकेनन् । टी-२० विश्वकप छनोट क्रिकेटमा खराब प्रदर्शन गरेपछि सुवास र विनादेलाई विश्व क्रिकेट लिग च्याम्पियनसिपमा मौका दिइएको थिएन ।

प्रदिप ऐरी पनि टीममा स्थान बनाउन असफल भएका छन् । अलराउण्डर सागर पुन र बलर बसन्त रेग्मी पनि टीममा परेनन् । चोटका कारण उनीहरु टोलीमा नपरेका हुन् ।

क्यान ११ नाम दिइएको नेपाली टीमको अन्य सदस्यमा ज्ञानेन्द्र मल्ल, सदर भेसवाकर, राजेश पुलामी मगर, सोमपाल कामी, अनिल मण्डल, शक्ति गौचन र करन केसी छन् ।

Nepali Team

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment