Comments Add Comment

ओलीलाई कोइरालाको जवाफ-मैले सत्ता लम्ब्याउन खोजेको होइन

Susil-Koirala

१९ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले सत्ता साझेदार एमालेले सत्ता लम्ब्याउन खोजेको भनी आफूमाथि गरेको आशंका गलत रहेको दावी गरेका छन् ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कोइरालाले भने-‘ममाथि लगाइएको आरोप र आशंका गलत हो, म जतिसक्दो चाँडो संविधान जारी गरेर बाहिरिन चाहन्छु ।’

आफूसहित शीर्ष नेताहरु संविधानमा सहमति जुटाउन र सीमांकन टुंग्याउन रातदिन लागिरहेको भन्दै कोइरालाले मिडियाले पनि गलत प्रचार गरेको आरोप लगाए ।

प्रधानमन्त्री कोइरालाले दलहरुबीच वार्ताको वातावरण मिडियाले बिगार्ने गरेको आरोप समेत लगाए । ‘हामीहरु सबै विषयमा कसरी सहमति गर्न सकिन्छ भनि भित्र छलफल गरिरहेको बेला मिडियाले बाहिर फलानो दलको फलानो नेताले यसो भन्यो र अर्कोले यसो गर्यो भनि नकरान्मक समाचार प्रकासित भएको छ’ उनले भने-‘यसले गाउँका सोझा सिधा जनतालाई नकरात्मक सन्देश गयो ।’

कोइरालाले संविधान निर्माण प्रक्रियाको विरोधमा रहेका मधेसवादी दल र संविधानसभा बाहिर रहेका कतिपय असन्तुष्ट पक्षसँग पनि विभिन्न तहमा छलफल गरी सबैको सहमति जुटाएर साउनभित्रै संविधान जारी गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment