Comments Add Comment

कास्की पहिरोमा मृतकको संख्या ३७ पुग्यो, थप २ शव भेटिए

Pahiro At Kaski  2

सन्देश श्रेष्ठ
१९ साउन, पोखरा । कास्कीमा गत बुधबार राति गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ । वेपत्तामध्ये थप २ जनाको शव करीब एक सातापछि मंगलवार भेटिएपछि मृतक संख्या ३७ पुगेको हो ।

कास्की प्रहरीका अनुसार पहिरोमा परेर मृत्यु हुनेको संख्या लुम्लेमा २७, भदौरेतामागीमा ८ र ढिकुरपोखरीमा २ जना पुगेका छन् ।

कास्कीको भदौरेतामागीमा मंगलवार विहान २ जना बालकको शव भेटिएको हो । कास्की प्रहरीका अनुसार पहिरोमा परेर वेपत्ता भएका स्थानिय ५ वषिर्य वालक विश्व पराजुली र १० महिनाका नावालक किस्मत सुनारको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको छ ।

स्थानियले २ बालकको शव फेवाताल पारी पोखरा-२५ टारीखेतमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव निकालेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगेर पोष्टमार्टम गरेको छ । आफन्तलाई मंगलवारै शव बुझाइने प्रहरीले जनाएको छ ।

पहिरोमा परी अझै २ जना वेपत्ता छन् । लुम्लेकी कविता शेर्पा र भदौरेका मनबहादुर विक अझै वेपत्ता छन् । उनीहरुको खोजि भइरहेको कास्की प्रहरीले जनाएको छ ।

तस्वीर : हेमराज अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment