Comments Add Comment

गाउँले कुट्ने दुई सुरक्षाकर्मी निलम्बित

Rautahat-District-Police-Of

  • जिल्ला प्रहरी कार्यालय रौतहटको भवन

गौतम श्रेष्ठ
१९ साउन, गौर । मदिरा सेवन गरी रौतहटको हजमिनिया ८ का गाउँलेलाई कुट्ने दुई सुरक्षाकर्मीलाई रौतहट प्रहरीले निलम्बन गरेको छ ।

स्थानिय बलदेव साह कानुलाई कुटपिट गर्ने नेपाल प्रहरीका जवान सर्वजित सिंह र सशस्त्र प्रहरीका जवान अमरजित सिंह निलम्बनमा परेका हुन् ।

गरीबि निवारण कोषबाट झिकिएको ऋणको विषयमा दिउँसो विवाद भएपछि राति मदिरा सेवन गरेर गएका उनीहरुसहित ६ जनाको समूहले कानुलाई कुटपिट गरेको थियो ।

सर्वजित सिंह जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत छन् भने अमरजित सशस्त्र प्रहरी रौतहटको औरया बोर्डर आउट पोस्टका सिपाही हुन् ।

गाउँलेलाई कुटपिट गरी घाइते बनाएका कारण दुवै जना माथि सार्वजनिक मुद्दा दर्ता गरेपछि उनीहरु निलम्बन भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुधिर शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment