Comments Add Comment

एमालेलाई कांग्रेस सभासदको प्रश्न-‘सत्ताको रस पनि लिने, प्रतिपक्षको भूमिका पनि खेल्ने ?

Dipak-Giri-NC,-Dang
दीपक गिरी

१९ साउन, काठमाडौं । सत्तारुढ नेकपा एमालेकै सभासदले बजेटको विरोध गरेको भन्दै नेपाली कांग्रेसका सभासदले आपत्ति जनाएका छन् ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा कांग्रेस सभासद दीपक गिरीले एमालेको कदम संसदीय व्यवस्थामा कालो धब्बा भएको बताए ।

एमालेले दोहोरो भूमिका खेलेको आरोप लगाउँदै गिरीले भने-‘सत्ताको रस पनि लिने अनि प्रतिपक्षको भूमिका पनि खेल्ने ? संसदीय व्यवस्थामा हिजोको दिन कालो धब्बा हो ।’

संसदको सोमबारको बैठकमा एमाले सभासदहरुले बजेट पारित हुन नदिने चेतावनी दिएका थिए । आफैं सत्तामा बसेर यस्तो धम्की दिन नमिल्ने सभासद गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment