Comments Add Comment

घाइते दलितलाई निःशुल्क उपचार गर्न वैद्य माओवादीको माग

१९ साउन, काठमाडौं । संयुक्त दलित संघर्ष समितिको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले गरेको दमनको नेकपा-माओवादीले विरोध गरेको छ ।

maoist flagसंविधानमा दलितका अधिकार समावेश गर्न दबाव दिने उद्देश्यले मंगलबार काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्दा दलित समुदायका नेता कार्यकर्ताहरुलाई प्रहरीले दमन गरेको थियो ।

प्रवक्ता पम्फा भुसालले मंगलबार निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त दलित सङ्घर्ष समितिले आयोजना गरेको शान्तिपूर्ण विरोध कार्यक्रममाथि सरकारले गरेको बर्बर दमनको हाम्रो पार्टी घोर विरोध गर्दछ ।’

माओवादीले पक्राउ परेका आन्दोलनकारीलाई शिघ्र रिहा गर्न र घाइतेको निःशुल्क उपचार गर्न माग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment