Comments Add Comment

चम्पादेवीमा दुई करोडको लागतमा पर्खाल निर्माण सुरु

१९ साउन, काठमाडौ । चम्पादेवी क्षेत्रलाई जीवन्त प्राकृतिक सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्यका साथ दुई करोडको लागतमा पर्खाल निर्माण सुरु भएको छ ।

चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाको पहलमा चम्पादेवी पाउसहित वोसन सामुदायिक वन उपभोक्ता समूहको मातहतमा रहेको तीन हेक्टर जङ्गल क्षेत्रलाई समेट्ने गरी पर्खाल निर्माण कार्य अघि बढाइएको हो ।

जमिनको सतहबाट १२० सेमी उचाइको पर्खालमाथि चार फिट तारजाली राखिने चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङले जानकारी गराए  ।

‘पर्खाल पक्की बनाउन जमिन तल ६० सेमी र चौडाइ ६० सेमी कायम हुने गरी निर्माण कार्य थालिएको छ । हालसम्म १३० मिटर लम्बाइ पर्खालको काम सकिएको छ,’ अध्यक्ष तामाङले भने ।

भ्यु टावर र पौडी पोखरी पनि

चम्पादेवी क्षेत्रको बृहत्तर विकासका लागि ६० करोड लागतको गुरुयोजना अनुसार दुई हजार २५० मिटरको उचाइमा चम्पादेवीको मन्दिर निर्माण गर्ने र त्यहाँ ‘भ्यु टावर’, लगभग १५ वटा वनभोज स्थल, चम्पादेवी पाउ परिसरमा पौडी पोखरीलगायतको निर्माणको लक्ष्य राखिएको छ ।

पछिल्लो समयमा बढिरहेको पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी पर्यटन बोर्डले चम्पादेवी क्षेत्रमा पर्यटन सूचना पाटी राख्ने काम थालेको छ ।

बोर्डले खहरे, चम्पादेवी मावि, देउराली, गोठडाँडालगायत स्थानमा सूचना पाटी स्थापना गर्न लागेको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment