Comments Add Comment

एनआरएन बेलायतको अधिवेशन सेप्टेम्बर १२ मा हुने निश्चित

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) बेलायतमा सहमति जुटेको छ । एनआरएन बेलायतको कार्यसमिति र निर्वाचन समितिबीच सहमति भएको हो ।

nrna_logo_latest-6 (1)निर्वाचन समितिले जारी गरेको सूचनालाई मान्य हुने गरी सहमति भएको हो । उक्त सहमतिपछि एनआरएनए बेलायतको निर्वाचनको बाटो खुला भएको छ । विवादका कारण हुन नसकेको एनआरएन बेलायतको अधिवेशन सेप्टेम्बर १२ मा हुने भएको छ भने निर्वाचन सेप्टेम्बर १३ तारिखका दिन हुने भएको छ ।

सहमति अनुसार लन्डन प्लमस्टिड एक, अल्डरसट फार्नबोरो एक, लन्डन नर्थहोल्ट, ह्यारो एक, रेडिङ स्वीन्डन, अस्कोट, ब्रिस्टोल एक, आसफोर्ड, चेरिङटन एक र मिडल्याण्डमा एक एक वटा बुथ राखिने भएको छ ।

निर्वाचन समिति संयोजक डा. राघवप्रसाद धितालले आफूहरुले कार्यसमितिसँग विवाद र प्रतिष्पर्धी बन्न नचाहेको उल्लेख गरे । निष्पक्ष, व्यवस्थित र सहज ढंगले निर्वाचन सम्पन्न गराउने मात्रै निर्वाचन समितिको उद्देश्य रहेको डा. धितारले जनाए ।
गत शनिवार एनआरएनए यूके कार्यसमिति बैठकले निर्वाचन समितिको निर्णय बाझिने गरि सदस्यता विस्तार गरेपछि विवाद चुलिएको थियो ।

सहमति बनेपछि एनआरएनए यूके अध्यक्ष कंडेलले संघको हितका लागि आफू वाधक नभएको बताउंदै सहमतिकै साथ अघि बढ्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment