Comments Add Comment

एमाओवादीद्वारा दोस्रो दिन पनि संसद बैठक बहिस्कार

१९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले मंगलबार दोस्रो दिन पनि व्यवस्थापिका संसद बैठक बहिष्कार गरेको छ । सोमबारको संसद बैठक पनि एमाओवादीले बहिस्कार गरेको थियो ।

CA-Meeting, Saun 19 Tuesday

मंगलबार सभामुख सुवास नेम्वाङले ‘विनियोजन विधेयक २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेबित्तिकै एमाओवादी सभासद प्रभु साहले आफूहरुका माग सम्वोधन नगरिएकाले बैठक बहिस्कार गर्ने निर्णय यथावत रहेको जानकारी गराए ।

सत्तारुढ दलको महाधिवेशनलाई केन्द्रित गरेर गरेर बजेट ल्याइएको, प्रभावशाली नेताको निर्वाचन क्षेत्रमा दर्जनौं योजना पारिएको र अरु निर्बाचन क्षेत्रलाई बेवास्ता गरिएको उनले आरोप लगाए । यसैगरी शान्ति सम्झौतासँग जोडिएका विषयलाई सम्वोधन गर्न सरकार गम्भीर नभएको, युवालाई रोजगारी दिनेतर्फ पहल नभएको र भूकम्प र बाढी पहिरो पीडितलाई राहत तथा पुनःस्थापनामा बेवास्ता गरिएकाले संसद बैठक बहिस्कार गर्ने साहले बताएपछि एमाओवादी सभासदहरु बाहिरिएका थिए ।

सभामुख सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी दलले बैठक बहिष्कार गरेको अवस्थामा सदन नचल्ने प्रचलन भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । व्यवस्थापिका-संसदको अर्को बैठक बुधबार ३ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment