Comments Add Comment

एनआरएन क्यानडाको अध्यक्षमा तुल्सी सापकोटा निर्बाचित

टोरन्टो । एनआरएन क्यानडाको आठौं अधिवेशनबाट तुल्सी सापकोटा अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष पदका अन्य २ जना प्रत्यासीहरु अनिल थापा र प्रमिला बस्नेतलाई निर्वाचनमा पछि पार्दै सापकोटा दुई बर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

NRN-CANADAक्यानडाभरबाट निर्वाचत भएर आएका २३ जना एनसीसी प्रतिनिधिहरुले नयाँ कार्यसमिति चयनका लागि मतदान गरेका थिए ।

सापकोटाले १४ मत पाए भने पूर्व अध्यक्षसमेत रहेका अनिल थापाले ७ र प्रमिला बस्नेतले २ मत पाएका थिए ।

महासचिवमा सुमन लम्सालले १७ मत ल्याएर विजयी भए । उनका प्रत्याशी हेमन्त मैनालीको पक्षमा ७ मत पर्‍यो ।

साउदन अन्टारियो क्षेत्रको उपाध्यक्ष पदमा निर्बाचित सुरेन्द्र उप्रेतिले ८ मत पाए । उनका प्रत्याशी तुलासिंह भट्टचनले ५ मत पाए ।

अन्य उपाध्यक्षहरुमा नर्दन अन्टारियोबाट लक्ष्मी पाठक र वेस्टर्न क्यानडा क्षेत्रबाट चन्द्र अधिकारी निर्वाचित भए । यसैगरी सेन्ट्रल क्यानडाबाट देबेन्द्र सुवेदी गोला प्रथाबाट उपाध्यक्ष चुनिए । इस्टर्न क्यानडाबाट दीपक श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

सचिब पदमा प्रकाश अधिकारी, कोषाध्यक्षमा सुर्य प्रकाश भट्टराई, प्रवक्तामा कृष्णप्रसाद भण्डारी ‘किस्मत’ र अन्तराष्ट्रिय मामिला संयोजकमा गोपालप्रसाद भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

आर्थिक प्रतिवेदन अस्वीकृत

क्यानडाका लागि नेपालका राजदूत कालिप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा संस्थाको आर्थिक प्रतिवेदन भने साधारण सभाले अस्वीकृत गरिदिएको छ ।

५ जना लाइसेन्स प्राप्त अडिटरलाई सम्पूर्ण आर्थिक गतिविधिको पुनरावलोकन गरी नयाँ कार्यसमिति समक्ष रिपोर्ट बुझाउन म्याण्डेट साधारण सभाले दिएको निवर्तमान सचिव बिरेन्द्र लम्सालले जानकारी दिए ।

– रबिन शर्माबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment