Comments Add Comment

विष सेबन गरी बाबु-छोरीको मृत्यु, आमा गम्भीर विरामी

कपिल ज्ञवाली
१९ साउन, बुटवल । रुपन्देहीमा एकै परिवारका तीन जनाले बिषसेवन गरेका छन् । बिषसेवनबाट बाबु-छोरीको ज्यान गएको छ भने आमा गम्भीर अबस्थामा छिन् ।

Rupandehiसैनामैना नगरपालिका ३ खकनपुर निवासी ४५ वर्षीय टिकाराम सुवेदी र उनकी १३ वर्षीया छोरी समिक्षा ओछ्यानमै मृत फेला परेका हुन् । टिकारामकी श्रीमती ३५ वर्षीया कमलाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार हुन नसकेपछि चितवनको भरतपुर रिफर गरिएको छ ।

सोमबार बेलुका खाना खाइ सुतेका उनीहरुले मंगलबार विहान अवेरसम्म पनि ढोका नखुलेपछि छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए । रन्यौरा प्रहरी चौकीका प्रहरी निरिक्षक ध्रुवबहादुर सिलवाल नेतृत्वको टोली घटनास्थल पुग्दा बाबु छोरी मृत फेला परेका थिए ।

प्रहरी निरिक्षक सिलवालले भने, ‘विहान करिव पौने ९ बजे त्यहाँ पुग्दा ढोका बन्द थियो, पछि ढोका खोली भित्र हेर्दा एउटै बेडमा बाबु-छोरी अंगालो मारेको अबस्थामा मृत फेला परे भने श्रीमती त्यही बेडमै छटपटाइरहेकी थिइन् ।’

प्रहरीको अनुसन्धान अनुसार उनीहरुले सोमबार साँझ खीर पकाएर खाएका थिए । श्रीमान्, श्रीमती र छोरीले मेटासिट बिष राखेको खीर खाएको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलमा भेटिएको भाँडामा बान्ता गरेको र बिषको बोतलसमेत भेटिएको निरिक्षक सिलवालले बताए ।

प्रहरीले बिस्तारामा सानो कागजको टुक्रामा सुसाइड नोट पनि भेटिएको बताएको छ । सो कागजमा लेखिएको छ, ‘यो हत्यामा कसैको संलग्नता छैन, आफ्नै अस्हैय पीडाले गर्दा हो । यसप्रति कसैलाई शंका र दोष नदिनु, आफ्नै स्वेच्छाको आत्महत्या हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment