Comments Add Comment

माथेमा आयोगको प्रतिवेदन सार्बजनिक

Mathema-Pratibedan-final

१९ साउन, काठमाडौं । प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा गठित ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन’ सरकारले मंगलबार सार्बजनिक गरेको छ ।

माथेमा आयोगले डेढ महिना अघि बुझाएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयले सार्बजनिक गरेको हो ।

कम्तिमा ३ बर्ष मेडिकल कलेज खोल्न नदिन सुझाव

कम्तिमा ३ बर्षसम्म कुनै पनि मेडिकल कलेज खोल्न नदिन सुझाव दिइएको छ । एक जिल्लामा एक मेडिकल कलेज खोल्न पाउनु पर्ने, मेडिकल कलेजका लागि कम्तिमा ३ सय बेडको अस्पताल हुनुपर्ने, एमबीबीएस अध्ययनका लागि अधिकतम ३५ लाख रुपैयाँ लाग्ने लगायतका बुँदा उल्लेख छन् ।

प्रतिवेदनमा चिकित्सा क्षेत्रका समस्या समाधानका लागि प्रधानमन्त्री अध्यक्ष रहने गरी चिकित्सा शिक्षा आयोग गठन गर्न प्रस्ताव गरिएको छ । आयोगले स्वास्थ्य जनशक्ति सम्वन्धि शिक्षा क्षेत्रका सबै तह तथा विषयका मापदण्ड र स्तर सम्वन्धि नीति निर्धारण गर्ने छ ।

यसैगरी हालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा सरकारी लगानी कम भएको भन्दै त्यसलाई बढाउन र गुणस्तर बढाउन कठोर निर्णय लिनुपर्ने अवस्था आएको प्रतिवेदनमा उल्लेख छ ।

पूरा प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment