Comments Add Comment

मृत्युलार्इ जित्नेको कथा समेटेर सशस्त्र प्रहरीले बनायो वृत्तचित्र (भिडियोसहित)

२० साउन, काठमाडाैं । वैशाख १२ गतेको भूकम्पमा भग्नाबशेषमा पुरिएर पनि बाँच्न सफल भएकाहरूको कथालार्इ समेटेर सशस्त्र प्रहरीले वृत्तचित्र तयार पारेको छ । एक घण्टा २५ मिनेट लामो ‘हराएको खुसी’ नामक वृत्तचित्रमा उद्दारमा सशस्त्रले खेलेको भूमिका र मृत्युसँग लडिरहेकाहरूको खुसी समावेश गरिएको छ ।

APF

नौ महिने छोरीसहित भग्नाबशेषमा पुरिएकी दाङ्गकी खीमा ओली, कीर्तिपुरकी सजना महर्जन तथा उनको परिवार¸ स्वयम्भूका निमा रुम्बा¸ एउटा हात गुमाएकी सिन्धुपाल्चोककी दिब्या श्रेष्ठ¸ उनकी आमा र सिन्धुपाल्चोककै एक शिक्षिकाको भूकम्प अनुभव बृत्तचित्रमा समावेश गरिएको छ । त्यस्तै एउटा खुट्टा गुमाएका अर्घाखाँची ढाकावाङ्गका ऋषी खनाल, ६ दिनसम्म भग्नावशेषमा पुरिएका नुवाकोटका पेम्बा तामाङ्गको बेदनालाई पनि भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

आफ्नो श्रीमती र सन्तान भग्नाबशेषमा पुरिँदासमेत उनीहरुको मृत अनुहार हेर्दै उद्दारमा क्रियाशिल हुने सशस्त्र प्रहरीका रामकृष्ण थापा र सञ्जय ठाकुरको बेदनालार्इ वृत्तचित्रमा समावेश गरिएको सशस्त्र प्रहरी निरीक्षक दिपक कोइरालाले बताए ।

भिडियो हेर्नुहोस्

कोइरालाले भने-‘बृत्तचित्रमा सशस्त्र प्रहरी बलले उद्दारमा देखाएको साहस¸ कौशल र सफलतालाई समेटिएको छ । त्यस्तै बाँच्न सफल भएकाहरुले गरेका प्रशंसालाई पनि उल्लेख गरिएको छ ।’

सशस्त्र प्रहरी बलको श्रव्यदृश्य शाखाबाट निर्मित यस बृत्तचित्रलाई सशस्त्र प्रहरी निरीक्षक दिपक कोइरालाले निर्देशन गरेका छन् भने सशस्त्र प्रहरी नायव निरीक्षक कपिन्द्र थापाको छायाँङ्कन र सशस्त्र प्रहरी बरिष्ठ हवल्दार लोक बहादुर कट्वालले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment