Comments Add Comment

चकलेटको प्रदर्शन मिति जुर्‍यो

pujana and gaida

काठमाडौं । पूजना प्रधानको लगानी र निर्मल शर्माको निर्देशन रहेको चलचित्र ‘चकलेट’को प्रदर्शन मिति तय भएको छ । निर्देशक निर्मल शर्माका अनुसार आउँदो मंसिर १८ देखि मुलुकभर प्रदर्शन हुने भएको छ ।

निर्माता निर्देशक दुबै नयाँ भएकाले उनीहरु दुबैले १८ मंसिर आफ्नो लागि विषेश हुने बताएका छन् । पूजना प्रधान आयुष्मान घिमिरे लगायतका कलाकारको मुख्य भूमिका रहेको यस फिल्ममा सडक वालवालिकाको जीन्दगीको एउटा पाटोलाई खोज्ने प्रयाश गरिएको निर्देशक शर्माको भनाई छ ।

सानो बजेटको तर, राम्रो फिल्म बनाएको भन्न चाहने शर्मा विदेशमा भएका प्रदर्शनवाट बढी नै उत्साहित छन् । ‘हङकङमा भएको प्रदर्शनपछि बढी नै उत्साहित छु ।’ शर्माले भने ।

हङकङमा रेड कापेट शो गरिएको चकलेट अमेरिका, अष्टे्रलिया लगायतका मुलुकमा पनि प्रदर्शन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment