Comments Add Comment

मलाइकाको बोल्ड सिनले तान्यो अरवाजको मन

malaika-arora-55a

मुम्बई । अहिलेसम्म बलिउडमा आदर्श जोडीका रुपमा चिनिन्छ अरवाज खान र मलाइका अरोराको जोडी । बलिउडकी कुशल आइटम डान्सर मानिने मलाइका र अरवाजको विवाह भएको दुई दशक पूरा भयो । आजसम्म कुनै विवादमा आएका छैनन् ।

अहिले पनि अरबाज र मलाइका बलिउडका हट कपल्स मध्ये एक मानिन्छन् । यथार्थमा भन्ने हो भने हट दृष्यले नै उनीहरुलाई हट कपल्स बनाएको थियो ।

सन १९९३ मा ‘मिस्टर कफी’ को एडको सुटिङका लागि अरवाज र मलाइका अनुबन्ध भए । सुटिङ यस्तो बोल्ड भयो । त्यही कफीको सुटिङमा खिचिएका बोल्ड दृष्यका कारण विवादमा आए अरवाज र मलाइका ।

arbaj-malika

बजारमा मलाइका र अरवाजको बोल्ड दृष्यको चर्चा भईरहँदा उनीहरु भने एकअर्कालाई नजिकवाट चिन्ने प्रयास गर्दै थिए । मिस्टर कफीको सिलसिलामा खिचिएको बोल्ड सिनको चर्चा सेलाउँदै जाँदा उनीहरुको प्रेमको पारो भने तात्दै गएको थियो ।

त्यसपछि केही एल्बममा पनि संगै काम गरे उनीहरुले । लगभग ५ वर्ष प्रेम गरेपछि सन १९९७ मा विवाह गरेका थिए ।

निर्माता, कलाकार र निर्देशकको समेत छबी बनाएक अरवाज ४८ वर्ष लागे । केही चलचित्रको निर्माता रहेका अरवाजले निर्देशन गरेको पछिल्लो फिल्म ‘दबंग-२’ बलिउडमा हिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment