Comments Add Comment

फ्रेस फेस : ‘निर्माताले कमाउँछन् भन्दैमा…वुझ्नुभयो नि ?’ : मरिष्का पोख्रेल(भिडियाे सहित)

mariska pokhrel_2

नेपाली चलचित्रमा दैनिक आउने सयौ यूवायूवतीबाट कमैले मात्र आशा जगाउँछन् । ३ वटा म्यूजिक भिडियोमा मोडलिङ गरिसकेकी मरिष्का पोख्रेल अहिले तिनै यूवतीको भिडमा पर्छिन्, जसले चलचित्र क्षेत्रमा आशा जगाउन सक्छिन् । आकाश अधिकारीले निर्देशन गर्न लागेको चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली चलचित्रमा डेब्यू गर्न लागेकी मरिष्काले एक बलिउड चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

अनलाइनखबरका लागि ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत कुरा गर्दै मरिष्काले आफ्नो चाहना, योजना र सोचका बारेमा कुरा गरिन् । ३ बर्षको उमेरदेखि नै अभिनयमा रुची राखेकी मरिष्काले रुची पुरा गर्न करिब १८ बर्ष कुर्नुपर्‍यो ।

मरिष्काले अनलाइनखबरसँग गरेको भिडियो कुराकानी यहाँ हेर्नुहोस् :

हिन्दी चलचित्र हेर्दा ‘साहिभा’ भन्ने पात्रमा आफूलाई नै देखेपछि उनले सानैबाट आफूलाई साहिभा नै सोच्थिन् । उनै मरिष्का ४ बर्ष जापानमा पुगिन् । जापानमा पनि कलाको बिषयमा अध्यापन गराएर उनले आफ्नो क्यामेरा अगाडि देखिने सपनालाई नजिक पार्दै थिइन् ।

उनले अडिशनबाट पास भएरै हिन्दी चलचित्र ‘यारा’मा काम गरेकी छिन् । भन्छिन्-‘अहिले बलिउड र नेपाली चलचित्रको अफर राम्रै आइरहेको छ । हिन्दी चलचित्र गर्दैमा नेपालीलाई छाड्ने भन्ने कुरा आउँदैन । दुबैलाई एकसाथ अगाडि बढाउँछु ।’

उनलाई क्यामेरा अगाडि काम गर्न, र्‍याम्प शो गर्न मन लाग्छ । भन्छिन्-‘सफलता र असफलता भोलीको कुरा हो । तर, कडा मिहिनेत गर्न आवश्यक छ ।’

मरिष्कालाई अहिले नै नेपाली चलचित्रको बारेमा धेरै वुझेकी छु भन्ने लाग्दैन । तर, सत प्रतिशत दिन सक्यो भने सफल भइन्छ भन्ने उनलाई लाग्छ । तपाई कस्तो बिषयमा चलचित्र गर्न चाहनुहुन्छ त भन्ने प्रश्नमा उनले भनिन्-‘मलाई फरक फरक कथामा काम गर्न मन छ । विशेषगरि, महिलाहरुको सशक्तिकरणको बिषय भएको खण्डमा उत्तम हुन्छ ।’
mariska pokhrel_1चलचित्रमा अफर आउने वित्तिकै उनलाई कथा र निर्देशकमा विशेष ध्यान जाँदोरहेछ । उनलाई नेपालका कुनै पनि यही नै नायकसँग काम गर्न मन लागेको छैन । सवैभन्दा पहिला आफ्नै काममा विश्वास गर्नुपर्छ भन्ने उनलाई लाग्छ ।

तपाइ कती सुन्दर, अनलाइनखबरको प्रश्नमा उनले भनिन्-‘सुन्दरता मेरा लागि अनुहारमा मात्र सिमित छैन । बोली व्यवहार, माया र आदरमा सुन्दरता निर्भर हुन्छ । तर, म आमालाई सवैभन्दा धेरै माया गर्छु । उहाँ मेरो आँखा राम्रो छ भन्नुहुन्छ ।’

उनको सपना आफू भित्र लुकेर रहेको प्रतिभा देखाउने, आफ्ना बाबु आमालेसँगै हेर्दा छोरीले गर्व गर्न लायक काम गरिछ भन्ने महशुश गराउने खालका प्रोजेक्ट गर्ने छ । निर्माताले तपाइमाथि लगानी गरेको रकम पनि त फिर्ता गर्ने जिम्मेवारी तपाइको होला नि भन्ने प्रश्नमा मरिष्काले भनिन्-‘दायित्व मेरो पनि हुन्छ । तर, पैसा कमाउने भन्दैमा, चलचित्र हिट बनाउने भन्दैमा म मेरो परिवारसँग बसेर हेर्नै नमिल्ने चलचित्र गर्दिन । तपाइले मेरो कुरा वुझ्नु भयो नि ।’ उनले कसैले पनि हेर्दा जिब्रो टोक्ने दृश्यमा आफू सहज नभएको बताइन् ।

उनले आफू मेकअप र फेसनमा खासै रुची नराख्ने पनि खुलाइन् । धेरै होहल्ला हुने स्थान भन्दा एकान्तको ठाउँमा बसेर पुस्तक पढ्न मरिष्कालाई मनपर्छ । हिजो भन्दा आज कसरी राम्रो काम गर्ने भन्ने सोच उनको दिमागमा सधै घुमेको हुन्छ ।

प्रेमका बिषयमा मरिष्का धेरै नै लजाइन् । कारण, उनले आफूले प्रेममा विश्वास नगर्ने पनि बताइन् । जीवनको कुनै कालखण्डमा कोहीसँग प्रेम गरेको बताउने मरिष्काले अहिले भने सिंगल रहेको खुलाइन् । प्रेममा सम्मान, सहयोग र विश्वासको आवश्यकता पर्छ भन्ने बताउने मरिष्का अब यो क्षेत्रमा निरन्तर अगाडि बढ्ने बताउँछिन् । उनले आफूलाई कलाकार बन्न मन लागेको बताउँदै स्टार भएको खण्डमा अझ त्यो आफ्ना लागि सुखद हुने पनि बताइन् ।

नेपाली चलचित्र क्षेत्रमा आशालाग्दी नायिकको रुपमा उदाउन लागेकी मरिष्कालाई हाम्रो पनि शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment