Comments Add Comment

सोमलाल सुवेदीलाई मुख्य सचिवको जिम्मेवारी

२० साउन, काठमाडौं । सरकारले स्थानीय विकास मन्त्रालयका सचिव डा.सोमलाल सुवेदीलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

कांग्रेस र एमालेबीच लामो विवादपछि सुवेदीलाई बुधवारको मन्त्रिपरिषद बैठकले मुख्य सचिवको जिम्मेवारी दिएको हो ।

लीलामणि पौडेलले साउन २३ गतेदेखि अवकाश पाउने भएकाले उनी विदामा बसेका छन् । सुवेदी २३ गतेसम्म कामु मुख्य सचिवका रुपमा रहनेछन् ।

बरिष्ठतम सचिवहरु श्रीधर गौतम,सोमलाल सुबेदी र जयमुकुन्द खनाल मध्ये दोस्रो बरियताका सुवेदीलाई सरकारले मुख्य सचिव बनाएको हो ।

प्रधानमन्त्री सुशील कोइरालाले दोस्रो ब्याचका सचिव विश्वप्रकाश पण्डितलाई मुख्य सचिव बनाउन खोजेका थिए । तर एमालेले ठाडै असहमति जनाएकाले सुवेदीलाई बनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment