Comments Add Comment

रक्सीले मातेपछि नाच्न थाले कंगना र इमरान

kangana-and-imran

मुम्बई । बलिउड क्वीन कंगना रनौत र किसिङ स्टार इमारान खानले सुटिङस्पटमै रक्सी पिएका छन् । चलचित्र ‘कट्टी बट्टी’मा अभिनय गर्ने शिलसिलमा दृष्यलाई जीवन्त बनाउनका लागि नायक नायिका दुबैले रक्सी पिएर अभिनय गरेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

चलचित्रको एउटा गीत सरफिरा…मा कंगना र ईमरानले रक्सिले झुम भएको अभिनय गर्नुपर्ने थियो । दृष्यलाई जिबन्त बनाउन रक्सिनै सबै भन्दा उपयुक्त विधी हो भन्ने सल्लाह निर्देशक निखिल आडबानीले दिएपछि इमरानले रक्सी पिएका थिए । इमरानले पिएपछि कंगनाले पनि पिएकी थिइन् । लिभइन रिलेशनमा आधारित यो फिल्ममा कंगना र इमरानले मुख्य भुमिका निर्वाह गरेका छन् ।

बलिउडमा कलाकारलाई रक्सी खुवाएर अभिनय गराउने यो कुनै नयाँ चलन भने होइन । कतिपय निर्देशकले यस्ता किसिमका दृष्यलाई जीबन्त बनाउन भन्दै रक्सी खुवाउने काम गर्छन् । यसअघि चलचित्र ‘थ्री इडियटस्’ का निर्देशकले पनि यही शैलि अपनाएका थिए ।

थ्री इडियट्सको रक्सी खानेवाला सिन सुटिङका लागि आमिर खान, शरमन जोशी र आर माधवनले पनि रियलमै रक्सी पिएका थिए । कलाकारलाई रक्सी पियाएर सुटिङ गराउदा बढी समय लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment