Comments Add Comment

इनारमा पानी भर्दा दलित किशोर कुटिए

२०, साउन सिरहा । विष्णपुरकट्टी गाविस -५ मा इनारमा पानी भर्ने क्रममा मंगलबार बिहान एक दलित किशोर कुटिएका छन् । स्थानीय ओपि साहले गाउँकै किशोर भुवन विकलाई पानी भर्ने क्रममा कुटपिट गरेका हुन् ।

मंगलबार बिहान ९ बजे साहकी श्रीमती पानी भर्न इनारमा गएकी थिइन् । उनले बाल्टीमा पानी झिकेर मुख धोइरहेका बेला भुवन बाल्टी लिएर आइपुगेका थिए । साहकी श्रीमतीले अनुमति दिएपछि आफूले इनारमा पानी भरेको भुवनले बताएका छन् ।

‘उहाँले मेरो भइसक्यो, भनेपछि मैले भर्न थालेको थिएँ,’ बिक भन्छन् । उनले पानी भर्दाभर्दै साह इनारमा आइपुगेका थिए । उनले आउनासाथ आफ्नो भाँडा मिल्काइदिएर कुटपिटसमेत गरेको बिकले बताए । कुटपिटपछि भुवन रुँदै घर फर्केका थिए ।

‘आइन्दा इनारमा आइस् भने तँलाई दुई टुक्रा पारेर फाल्दिन्छु भन्दै धम्क्याउनुभयो,’ भुवनले भने ।
उनी साहविरुद्ध उजूरी गर्न विष्णपुर गाविसस्थित प्रहरी चौकीमा पुगेका छन् । विष्णपुर गाविस छुवाछुत सम्वन्धी विवाद चर्किरहेको सिरहाको धनगढी गाविसको सीमानामा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment