Comments Add Comment

नम्रताको स्पष्टीकरण: मेरो व्यवसाय र चलचित्र क्षेत्रमाथि नै प्रश्न उठाइयो

namrata-shrestha
चलचित्र विकास बोर्डले एक साता अगाडि वितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को बिषयमा अझै पनि विभिन्न खालका चर्चा भैरहेका छन् । सामाजिक सञ्जालमा एवं ब्लगहरुमा आएका समाचारलाई लिएर विभिन्न खालका टीकाटिप्पणी भैरहेका छन् ।

नेपालकाे सञ्चार प्रविधिमा अाएकाे परिवर्तनसँगै सामाजिक सञ्जालकै कारण कतिपय अवस्थामा मानिसहरू प्रताडीत हुने गरेकाे गुनासाे सुनिने गरेकाे छ । पछिल्लाे समयमा देशकाे सञ्चार मन्त्रालय हाँकेर बसेका मन्त्री डा. मीनेन्द्र रिजाल नै यस्तो ‘प्रताडना’ काे शिकार बन्न पुगेका छन् ।

सामाजिक सञ्जाल महिलामैत्री नभएकाे गुनासाे अाउने गरेका बेला नायिका नम्रता श्रेष्ठसमेत यसकाे शिकार बनेकी छिन् ।  विशेष गरी नायिका नम्रता श्रेष्ठ र सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको नाम जोडेर लेखिएका ब्लगका समाचारले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । यही समाचारले मन्त्री रिजाललाई तनाव भएकाे खबर पनि सार्वजनिक भएकाे छ ।

पुरस्कार कार्यक्रम सकिएको करिब एक सातापछि नायिका नम्रता श्रेष्ठले यस बिषयमा मुख खोलेकी छिन् । उनले आफू राष्ट्रपति निवासबाट कार्यक्रम सकिएलगतै निस्कनुको कारण म्यूजिक भिडियोको छायांकन भएको बताएकी छिन् ।

नम्रताकाे गुनासाे

फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै नम्रताले बिहान ८ बजेदेखि आफू छायांकनमा व्यस्त भएको र चलचित्र विकास बोर्डका सदस्यहरुले खबर गरेकाले पुरस्कार कार्यक्रममा उपस्थित भएको बताएकी छिन् ।

यस्तै, उनले पुरस्कारका बारेमा कुरा गर्न नै नचाहेको पनि लेखेकी छिन् । उनले केही ब्लगहरूमा ट्याबलोइड शैलीका हेडलाइन्स राखेर आएका मनलाग्दी समाचारप्रति भने ध्यानाकर्षण भएको बताएकी छिन् ।

नम्रताले लेखेकी छिन्-‘म कलाकार भएकोमा गर्व गर्छु । तर, यस्ता किसिमका समाचारले मेरो व्यवसाय र यो क्षेत्रप्रति नै प्रश्न उठ्छ ?’

उनले चलचित्र क्षेत्रले यस्तो बिषयमा गम्भीर भएर सोच्नुपर्ने समेत लेखेकी छिन् । चलचित्र क्षेत्रले सोचेको खण्डमा फेरि यस्ता कुरा नउठ्ने नम्रताको भनाइ छ ।

नम्रताले ‘ब्लगमा आएका समाचार’ भने पनि बिषयवस्तु भने खुलाएकी छैनन् ।  नम्रताले पुरस्कार नपाएपछि विभिन्न ब्लगमा उनी र मन्त्री रिजालको नाम जोडेर हेडलाइन्स बनाइएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment