Comments Add Comment

बनबासा पुलमा नेपालीको शव भेटियो

२० साउन, कन्चनपुर । नेपाल-भारत सीमामा पर्ने बनबसा पुलमा बुधबार बिहान एक नेपाली मृत फेला परेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका १ का ४८ वर्षीय धनबहादुर विक मृत भेटिएका हुन् ।

विकको टाउकोमा चोट लागेको देखिएको छ । तर मृत्युको कारण खुलेको छैन ।

शव पोष्टमार्टम गर्न भारतीय प्रहरीले लगेको गड्डाचौकीका सई राजेन्द्र बहादर चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment