Comments Add Comment

बाग्लुङ बन्दले जनजीवन प्रभावित

२० साउन, बाग्लुङ । उत्पिडित दलित समुदाय सञ्जालले आह्वान गरेको बाग्लुङ बन्दले जनजीवन प्रभावित भएको छ ।

baglung-ko-mapसंविधानमा दलितका अधिकार समेट्न माग गर्दै मंगलबार गरेको एकघण्टे चक्काजाममा खटिएका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार एक दिन जिल्ला बन्द आह्वान गरिएको हो ।

प्रहरी कार्यालयमा बोलाएर पक्राउ गरेको भन्दै विनाशर्त रिहाइ माग गर्दै बुधबार बन्द गरिएको हो । बन्दको कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने शिक्षण संस्था र बजार पनि ठप्प छन् ।

बन्दमा मोटरसाइकल चलाएको भन्दै जिल्ला सरकारी वकीलको कार्यालयका कर्मचारी गणेश शर्मालाई कुटपीट गरेको भन्दै राजकुमार बसेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसेललाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर पक्राउ गरी थुनामा राखेको विरोधमा बन्द आह्वान गरिएको सञ्जालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment