Comments Add Comment

जन्मदिनमा आर्यन : ”किस्मतदेखि क्लासिकसम्मको उनको रोचक यात्रा”

aaryan-sigdel
नेपाली चलचित्रका चर्चित नायक आर्यन सिग्देल आज आफ्नो जन्मदिन मनाउँदैछन् । साउन २० गते अर्थात आजैका दिनबाट ३२ बर्षमा प्रवेश गरेका आर्यनको वास्तविक नाम हरिस सिग्देल हो । थानकोटमा जन्मिएका सिग्देलले चलचित्र ‘किस्मत’बाट नेपाली चलचित्रमा पाइला राखेका हुन् ।

चलचित्र क्षेत्रमा लागेसँगै उनको चर्चा विभिन्न कारणले भयो । आर्यनले ‘किस्मत’पछि ‘हिफाजत, कसले चोर्‍यो मेरो मन, मेरो एउटा साथी छ, फस्ट लभ, नोभेम्बर रेन, लज्जा, नाई नभन्नु ल ३, पूनर्जन्म’ जस्ता हिट चलचित्र दिएका छन् ।

चलचित्र क्षेत्रमा उनको चर्चा सधै नै भएको पाइन्छ । चलचित्र सफल होस् या असफल, आर्यन सधै नै चर्चित बन्छन् । नायक निखिल उप्रेती र विराज भट्ट चलचित्र क्षेत्रबाट हराएसँगै आर्यनले नयाँ फड्को मारेका थिए ।

आर्यन सिग्देलको करिअर पनि उतारचढावले भरिएको छ । आर्यनले कुनै समय लगातार हिट चलचित्र दिए भने असफलताले पनि उनलाई छोयो । उनले आशा गरेका ‘के म तिम्रो साथी बन्न सक्छु, मेरो लभ स्टोरी, के यो माया हो, आई एम सरी, लोफर, मधुमास, अलिबदा, माला, नाइके’ लगायतका केही चलचित्र निरन्तर असफल हुँदा आर्यनका बारेमा विभिन्न टिकाटिप्पणी पनि भएका थिए । तर, पनि चलचित्र क्षेत्रमा उनलाई उछिन्ने अर्का नायक नहुँदा निर्माताका लागि लिएपनि आर्यन नलिएपनि आर्यन जस्तै भयो ।

चलचित्र ‘मेरो एउटा साथी छ’मा उनले निर्वाहा गरेको भूमिकाले सर्वाधिक चर्चा पाएको थियो । यही चलचित्रपछि आर्यनको करिअरले नयाँ छलाङ्ग मारेका थियो ।

चलचित्र भन्दा बाहिरी कुरा खासै नसोच्ने नायक आर्यन सिग्देलको जीवनमा पनि धेरै उतारचढाव आएका छन् । नायिका रेखा थापासँग सम्बन्ध बिग्रेसँगै यी दुई कलाकार विभिन्न कारणले चर्चामा आउँछन् । आर्यनको सम्बन्ध रेखापछि निर्देशक सुदर्शन थापासँग बिगि्रयो । जसले उनलाई लिएर केही चलचित्र निर्देशन गरेका थिए ।

आर्यन आफूलाई चलचित्रकैलागि जन्मिएको बताउँछन् । चलचित्रमा काम गर्नु बाहेक अन्य समयमा आफू सामान्य मानिस भएको आर्यनको तर्क छ । सपना भण्डारीसँग गतबर्षको वैशाखमा बिबाह गरेर आर्यनले घरजम सुरु गरेका थिए । यसपछि भने उनी अझ धेरै पारिवारिक भएको उनका निकट साथीहरु बताउँछन् ।

आर्यनले निर्माता सुवास गिरीसँग मिलेर चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेसँगै निर्माताको रुपमा पनि यो क्षेत्रमा पाइला राखे । आर्यन सिग्देल इन्टरटेन्मेन्ट स्थापना गरेर आर्यन निर्माता बनेका हुन् । आर्यन नेपाली चलचित्रका महंगा नायक पनि हुन् । जसले ६ लाखसम्म पारिश्रमिक लिएका छन् र अहिले पनि ५ लाखको हारहारीमा पारिश्रमिक लिने गरेका छन् ।

सुरुवातमा चलचित्र छानेर खेल्ने नायक सिग्देल अहिले भने हातमा आएका र भ्याएका सबै चलचित्रमा काम गरिरहेका छन् । जसका कारण बर्षमा आधा दर्जन चलचित्र उनका प्रदर्शनमा आउँछन् । तर, उनलाई यस अर्थमा लक्की पनि मान्नुपर्छ कि उनले अभिनय गरेका चलचित्रको सफलता र असफलताको संख्या उस्तै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment