Comments Add Comment

नागरिकको कथा ‘नागरिक’मा, सार्वजनिक भयो ‘सुर छोडेर पात'(भिडियो)

nagarik
मनु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘नागरिक’को प्रचार सुरुवात गरिएको छ । निर्माण भएको लामो समयसम्म पनि चर्चा नसुनिएको यो चलचित्रको अब चाडै नै प्रदर्शन मिति तोकिनेछ ।

चलचित्रमा समावेश ‘सुर छोडेर पात’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अर्जुन सुनाम र टिका पुनको स्वर रहेको गीतमा लक्ष्मण शेषको संगीत, पुष्प आचार्यको शब्द छ । चलचित्रमा राजुविक्रम थापाको छायांकन, वनिश शाहको सम्पादन छ ।

चलचित्रका निर्माता आयुश्री राजभण्डारी र शमानी राज्य दुलाल हुन् भने सत्यराज चौलागाई यसका कार्यकारी निर्माता हुन् । चलचित्रमा विमल पौडेलको लेखन तथा निर्देशन छ । चलचित्रमा विश्व बस्नेत, रमेश बुढाथोकी, गणेश उप्रेती, सरिता गिरी, अनु शाह, दिव्यदेव पन्त, पुष्प आचार्य, राहुल केसीको मुख्य भूमिका छ । चलचित्रले नागरिकको कथा बोल्ने निर्माणपक्षको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment