Comments Add Comment

न्याय पाएको भन्दै हर्षित भइन् सीता

२० साउन, काठमाडौ । काभ्रेका युवकसँग अन्तरजातीय विवाह गरी पतिबाट घरेलु हिंसा ब्यहोरेकी सीता बोहोराले अदालतबाट न्याय पाएको भन्दै खुशी व्यक्त गरेकी छिन् ।
sita bohora
पहिलो पति गुमाएर दोस्रो विवाह गरेकी सीताले पतिबाटै हिंसा ब्यहोरेको भन्दै जिल्ला अदालत काभ्रेमा रिट हालेकी थिइन् । अदालतले बसोबास र मानाचामल भराउने आदेश दिएपछि सीता खुशी देखिएकी हुन् ।

काभ्रेको बनेपा-४ स्थित प्रतिवादी सासू धनमाया तामाङको घरमै राख्नु भनी अदालतले आदेश दिएपछि सीताले अब आफ्नै घरमा गएर बस्ने बताएकी छन् । श्रीमान सम्झना तामाङले आफ्नो घरमा समेत नलैजाने र अपहेलित भएर बस्नु परेको भन्दै उनी अदालत गएकी थिइन् ।

आफ्ना पूर्वपतिको निधनपछि सीताले सम्झनासँग घरजम गरेकी थिइन् । उनले पाएको दु:खबारे यसअघि अनलाइनखबरले समाचार प्रकाशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment