Comments Add Comment

विश्व किकबक्सीङमा रिजनलाई रजत

Rijan-Thapa

२० साउन, काठमाडौं । भारतको पुनेमा जारी वाको एशियन किक बक्सिङ च्याम्पियनसिप २०१५ मा नेपालकी रिजन थापा मगरले रजत पदक हात पारेकी छिन् । ६० के.जी तौल समुहको लाइट किक विधा अन्तर्गत भारतकी योगिता खाँडेलाई १०-६ ले पराजित गर्दै रजत पदक प्राप्त गरेकी थिईन् ।

सन् २०१७ मा पेरुमा आयोजना हुने विश्व किक बक्सीङ च्याम्पीयनसिपको छनोट चरण समेत रहेको प्रतिस्पर्धामा भने नेपाली बक्सरले निरासाजक प्रदर्शन गरेको पुणेबाट पत्रकार अनिल सिंह ठकुरीले जानकारी गराए ।

पुरुषको स्कोर फाइटिङ अन्तर्गत ५७ के.जी तौल समुहमा नेपालका विवेक लामा कोरियाका किम जिउङ्गोसग ४-१० स्कोर र ६३ के.जी तौल समुहमा खगेन्द्र पुन मगर कोरियाका किम जूनसियोङसग ६-१० ले पराजित भए । नेपालको किक बक्सीङ टोलिले पहिलो पटक स्कोर फाइटीङमा प्रतिस्पर्धा गरेको हो ।

त्यस्तै रिङ फाइटिङतर्फ ५१ के.जी तौल समुहमा नेपालका प्रकाश विष्ट तूर्केमिनीस्तानका हूदयगूल कोमेकोभसग २-० ले पराजित भए । उत्कृष्ट खेलका बावजुद चार माइनस अंकका कारण उनी पराजित भएका थिए । रिङ्गमा उत्रन ढिलो गरेका कारण उनलाई फाइट शुरु हुनूअघि नै कोरयाका निणर्ायकले १ माइनस पोइन्ट दिएका थिए ।

एसियन किक बक्सीङमा अब नेपालले ९ खेलमा प्रतिस्पर्धा गर्न बाकी रहेको प्रशिक्षक दिपक श्रेष्ठले जानकारी दिए । उनले खेलमा पराजित भएपनि पहिलो पटक सहभागी भएकाले खेलाडीको प्रदर्शन राम्रै रहेको बताए ।

अव नेपाली किक बक्सिङ टोलिका विल बहादुर तामाङले (५४ के.जी),सन्तोष खड्काले (७५ के.जी) र रुद्र लिम्बलेू (८१ के.जी) तौल समुहमा खेल्नेछन् । सेमी तर्फ भने रामकृष्ण राउत ६५ के.जी र विवस दवाडी ७१ के.जीमा प्रतिस्पर्धा गर्नेछन् ।

महिला खेलाडीतर्फ भने बिन्दा नेपालीले ४८ के.जी र आरती तामाङले ५१ के.जीमा प्रतिस्पर्धा गर्दैछन् भने पदक विजेता रिजन थापा मगरले ५४ के.जी तौल समुहमा एक खेल खेल्न बाँकी छ ।

त्यस्तै प्रतियोगिताको दौरान नेपालका पाँच निर्णायकले एसियाली किक बक्सीङ रेफ्री सेमीनारमा पहिलो पटक सहभागीता जनाएका थिए । उनीहरुलाई विश्व किक बक्सीङ महासघंका उपाध्यक्ष एवम् एसियाली किक बक्सीङ महासघं अध्यक्ष नासर नेसरीले सेमीनारमा तालिम दिएका थिए ।

प्रतियोगितामा ३२ राष्ट्रले सहभागीता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment