Comments Add Comment

जाजरकोटबासी चिन्डाको सहाराले भेल तर्न बाध्य

Jajarkot-badhi

बी.बी. गिरी

२० साउन, जाजरकोट । पहाडी जिल्ला जाजरकोटको पश्चिमी क्षेत्रको बालुवामा स्थानीय चिन्डाको साहाराले नदी तर्न बाध्य छन् । जुङ्गाथापाचौर र कार्कीगाउँ गाविसको बिच छेरागाडमा पुल नहुदा स्थानीयले चिन्डाको साहारामा नदी वारपार गर्छन् ।

चिन्डाले लाइफ ज्याकेटको काम गर्ने स्थानीयको भनाइ छ । ‘ज्यानको बाजी लगाएर नदी तर्नु पर्छ पुल भएको भए यस्तो सास्ती खेप्नुपर्ने थिएन,’ स्थानीय गोपाल नेपालीले भने ।

बालुवा बजारमा पुल बनाउन बर्षौंदेखि माग गरे पनि कतैबाट सुनाइ नभएको स्थानीयको गुनासो छ ।

बालुवासहित जुङ्गाथापाचौर, साल्मा, कार्की र दशेरा गाविसका स्थानीयले नै चिन्डाको प्रयोगबाट उर्लंदो भेल तर्छन् । यसरी नदी तर्दा कतिपयले अकालमा ज्यान गुमाउनु परेको छ ।

नेताले दिए आश्वासन मात्रै

Jajarkot-badhi-2

नदी वारीपारीका गाविसका स्थानीयलाई सामाजिक सम्बन्ध, आर्थिक लेनदेन, मेलापात आवत-जावत गर्नसमेत ज्यान जोखिम मोलेर नदी वारपार गर्नुपर्ने अवस्था छ । ‘नदीले वारीपारीको सजिलो सम्बन्ध र सम्पर्क बिच्छेद गरेको छ,’ कार्कीगाउँका गंगबहादुर रोकायले भने ।

नेतादेखि कर्मचारीसम्म सबैसँग पुल निर्माणको माग गरे पनि पूरा नभएको स्थानीयको दुखेसो छ । चुनावदेखि गाउँ घुम्न आउँदा नेताले दिने आश्वासनले स्थानीय दिक्क भएका छन् ।

‘चुनाबका बेला सबै पार्टीका नेता-कार्यकर्ताले पुल हालिदिने भन्छन् तर चुनावपछि कसैले हेर्दैनन्,’ स्थानीय शिक्षिक कालीका शाहीले गुनसो गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment