Comments Add Comment

राष्ट्रपतिले सीमा नाघेको एमाले सभासदहरुको आरोप

Bidur-Sapkota-And-Harkabol-Rai

२० साउन,काठमाडौं । नेकपा एमालेका सभासदहरुले राष्ट्रपति रामवरण यादवको भूमिका संविधान विपरित भएको भन्दै संसद बैठकमै आलोचना गरेका छन् ।

संसदको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सभासद बिदुर सापकोटाले राष्ट्रपति संवैधानिक मर्यादा भूलेर दल र नेताहरुलाई निर्देशन दिने शैलीमा प्रस्तुत हुनु संविधान विपरित रहेको बताए ।

सापकोटाले भने-‘अन्तरिम संविधानले राष्ट्रपतिलाई दिएको संवैधानिक सीमा र मर्यादा भूलेर राष्ट्रपतिले संविधान विरुद्ध गतिबिधि गरिरहनु भएको छ, हामी उहाँलाई संविधानले दिएको सम्मान यथावत रहोस भन्ने चाहान्छौं, सरकारले राष्ट्रपतिलाई सम्झाओस् ।’

सून्य समयमा बोल्दै एमालेकै अर्का सभासद हर्कबोल राईले राष्ट्रपतिले संविधानले दिएको सिमा नाघेर अमर्यादित काम गरेको आरोप लगाए । राईले संविधान निर्माण हुन लागेका बेला राष्ट्रपतिले त्यसलाई भाँड्न बिभिन्न दल र व्यक्तिलाई शीतल निवासमा बोलाएर भड्काउने काम गरिरहेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment