Comments Add Comment

घन्टीमै सीमित भयो प्रसन्न पौडेलको पहिलो प्रेम

Prasanna-Poudel

२८ साउन, काठमाडौं । चर्चित म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेल त्यसबेला ७ कक्षामा पढ्थे । एक दिन आफूभन्दा सानी केटीले अचानक आएर उनका हातमा एउटा कागज थमाइन् र खितखित गर्दै भागिन् । उनले कागज खोलेर हेरे । ठूलो अक्षरमा आइ लभ यु लेखिएको थियो र सँगै पानको पातमा तीर घोचेको तस्वीर थियो ।

‘त्यो हेरेपछि खुशी हुनुको साटो म त डराएँ,’ आफ्नो जीवनको पहिलो प्रेमबारे सुनाउँदै प्रसन्नले भने, ‘मेरोपालो स्कुलका सरलाई पोल लगाइदिएँ ।’ प्रसन्नले पोल लगाएपछि टिचरले ६ कक्षामा पढ्ने ती बालिकालाई बोलाएर नमज्जाले झपारे । परबाट हेरिरहेका प्रसन्नलाई त्यो देखेर साह्रै नमज्जा लाग्यो । एकाएक उनीप्रति माया जाग्यो । अनि सुरु भयो बेबी लभ ।

मोडल सिम्पल खनालसितको विवाह पनि अल्पायूमै टुट्यो । तर, त्यो एक वर्षको विषयमा एक शब्द कुरा गर्न चाहँदैनन् प्रसन्न । ‘त्यो कुरा नै ननिकाल्नुस् प्लिज ।’

‘त्यसपछि त म उनीतिर एकोहोरिन पुगेँ । उनीसित आँखा जुधाउन आतुर हुन्थेँ । स्कुल बाहिर उनी चट्पटे खान निस्किन्थिन् साथीहरुसित । म पनि त्यहीबेला आइसक्रिम खान निस्किन्थेँ एक्लै । उनी सडकवारि, म पारि ।

म खुलेआम उनलाई हेरिदिन्थेँ, उनी चोरीचोरी हेर्थिन् । आँखा जुधेपछि म हाँसिदिन्थेँ, उनी लजाइदिन्थन् ।’ प्रसन्न रोमाञ्चित हुँदै सुनाउँछन् ।

त्यतिबेला प्रसन्न साइकल चढ्थे । घुमाउरो बाटो पर्ने भए पनि उनी बालसखाको घरतिरबाट स्कुल जान्थे । उनको घर आएपछि ट्रिङट्रिङ घन्टी बजाउँथे । तर, रोकिँदैनथे ।

prasanna‘उनको घर छेउमा हिँड्दा मात्रै पनि कताकता मज्जा आउँथ्यो, घन्टी बजाउँदा रोमाञ्चित हुन्थेँ,’ प्रसन्न भन्छन् ।

तर, दुखको कुरा, उनको प्रेम यत्तिमै सीमित भइदियो । कहिल्यै बोलचालसमेत नभइकन । प्रसन्न बिराटनगरबाट काठमाडौं आए । हिन्दी फिल्ममा जस्तो हिँड्ने बेला उनलाई भेटेर ‘विश्वास गर, म तिमीलाई लिन आउनेछु’ भन्न पाएनन् । यसरी टुटेको उनको पहिलो प्रेम फेरि कहिल्यै जोडिएन ।

प्रशन्नले आफ्नो फस्र्ट लभलाई म्युजिक भिडियोमा उतार्ने सोच बनाएका छन् । त्यसका लागि उपयुक्त गीतको प्रतिक्षामा रहेको उनी बताउँछन् ।

म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेल आज पनि एक्लो जीवन बिताइरहेका छन् । तर, उनकी बालसखाको पहिल्यै बिहे भइसकेको छ । हिन्दी फिल्ममा जस्तो उनीसित पुनर्मिलनको सम्भावना पनि देख्दैनन् उनी ।

त्यसो त प्रसन्नले पनि बिहे नगरेका होइनन् । मोडल सिम्पल खनालसितको विवाह पनि अल्पायूमै टुट्यो । ०६४ र ०६५ सालको बीचमा एक वर्ष मात्रै दाम्पत्य जीवन बिताएको यो जोडी छुट्टएिर आज अलग-अलग बाटोमा छन् ।

सिम्पल खनाल

तर, त्यो एक वर्षको विषयमा एक शब्द कुरा गर्न चाहँदैनन् प्रसन्न । ‘त्यो कुरा नै ननिकाल्नुस् प्लिज । मैले त्यसलाई आफ्नो मस्तिस्कको हार्डडिस्कबाटै डिलिट हानिसकेको छु,’ उनले भने ।

एकताका प्रसन्नलाई नायिका केकी अधिकारीसित जोडेर खुबै गसिप बनाइन्थ्यो । तर, केकीसित आफ्नो सम्वन्ध साथीभन्दा बढी नरहेको उनले बताउँदै आएका छन् । उनी आफैं होइन भन्छन् भने अरुको के लाग्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment