Comments Add Comment

संघीयतामा भारतको अनुभवले नेपाललाई सहयोग : उपप्रधानमन्त्री सिंह

२८ साउन, काठमाडौं । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सीमाकंनसहितको ६ प्रदेश नेपालका लागि उपयुक्त भएको बताएका छन् ।

The-Himalayas-Forumअन्तर्राष्ट्रिय कूटनीति र परराष्ट्र मामिलासम्बन्धी एसियाली प्रतिष्ठान (आईडीआइए)ले राजधानीमा विहीबार आयोजना गरेको ‘नेपालको संघीयतामा भारतीय अनुभव’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले सीमाकंनका विषयमा केही असन्तुष्टीहरुसँगै केही क्षेत्रमा आन्दोलन तथा प्रदर्शन भएरहेकाले त्यसलाई सच्याउन आफूहरु तयार रहेको वताए ।

नेपाल संघीयतामा प्रवेश गर्न लागेकाले भारतको ६० वर्षको अनुभव सहयोगी हुने बताएका छन् । छिमेकी मुलुक भारतको अनुभवबाट पनि केही सिक्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा नेपालका लागि भारतका पूर्वराजदूत केभी राजनले संघीय राज्यमा गएर भारतले ६० वर्षको अनुभव हासिल गरिसकेकाले भारतीय अनुभवलाई आधार बनाएर अघि बढ्न सुझाव दिए ।

कालापानी र लिपुलेक भारतकै

नेपाल मामिलामा भारतका विज्ञ अशोककुमार मेहेताले कालापानी र लिपुलेक भारतकै भएको दावी गरे । उनले ब्रिटिशहरुसँगको लडाईं पछि नै लिपुलेक र कालापानी भारतमा परेको दावी गरे । यद्यपी उनले कालापानी र लिपुलेकका विषयमा नेपालसँग छलफल गर्न भारत सदैव तयार रहेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक सुनील केसीले नेपालमा संघीयता नयाँ भएकाले अन्य देशका उपयुक्त अनुभवलाई समावेस बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment