Comments Add Comment

फियाट र स्कोडाको शो-रुम पोखरामा

Fiat and Scoda Showroom Pokhara
सन्देश श्रेष्ठ
१ भदौ, काठमाडौं । युरोपियन व्राण्डको फियाट र स्कोडा कारको पोखरामा शो-रुम खुलेको छ । फियट र स्कोडाको नेपाली बिक्रेता एमडब्लु इन्टरप्राइजेजले पोखराको उत्तम चोकमा मंगलबारदेखि शो-रुम सञ्चालनमा ल्याएको हो ।

फियाट गाडी लाइफ अटो मोवाइल्सले आयात तथा बिक्री वितरण गरेपनि एमएडब्लुको लगानी रहेको छ । शो-रुमको लाइफ अटो मोवाइल्सका प्रवन्ध निर्देक आनन्दराज बतासले उद्घाटन गरे ।

लाइफ अटोले करिव एक वर्ष अगाडि भित्राएको पुन्टो हृयाचब्याक कारको सफलतापछि सेडान कार लिनिया बजारमा ल्याएको थियो । यसपछि कम्पनीले फियाट एभेञ्चुरा नामक सियुभी कार बजारमा ल्याएको छ ।

विविध विषेशताहरु समेटिएको एभेञ्चुरामा उत्कृष्ट ग्राउन्ड किल्यरेन्स रहेको छ । एभेञ्चुरा नेपालको बाटो सुहाउँदो रहेको लाइफ अटोका प्रवन्धनिर्देक बतासले बताए । स्पोर्टी लुक र अत्याधुनिक पछिल्लो प्रविधिमा आधारित पुन्टो पेट्रोल र डिजेल दुबै इञ्जिनमा उपलब्ध छ । फियाटको बजार मुल्य २५ लाख ९५ हजारबाट सुरु हुन्छ ।

Fiat and Scoda Showroom Pokhara 3

यस्तै, स्कोडा र्‍यापिड, स्कोडा एक्टिभ प्लस, स्कोडा एमिसन प्लस र स्कोडा एलिगेन्स गरी तीन प्रकारमा उपलब्ध रहेको बतासले बताए । यो सेग्मेन्टको सबैभन्दा उच्च ग्राउण्ड क्लियरेन्स १६८ मिलिमिटर युक्त स्कोडामा १६०० सिसि ईन्जिन जसले १०५ ब्रेक हर्स पावर (विएचपि) उत्पादन गर्न सक्ने उनले बताए । पेट्रोल र डिजेल दुबै ईन्जिनमा उपलब्ध स्कोडा को बजार मुल्य ३३ लाख ९५ हजार रुपैयाँबाटसुरु हुने उनले जानकारी दिए ।

यसैबीच फियाट अटो मोवाइल्सले भदौ १ गतेदेखी ४ गतेसम्म चार दिने “एक्सचेन्ज अफर” दिने बताएको छ । “एक्सचेन्ज अफर”मा पुराना गाडीको उच्चतम मूल्यांकन गरिनुका साथै उपभोक्ताहरुले एक्सचेन्ज बोनस र विशेष स्किम पनि प्राप्त गर्ने बतासले बताए ।

स्कोडा र्‍यारापिड जम्मा ४ लाख ७९ हजार डाउनपेमेन्ट र पुन्टो ईभो ३ लाख ६९ हजारमा डाउनपेमेन्टमा प्रदान गरिने पनि उनले जानकारी दिए । साथै हरेक फियाट टेस्ट ड्राईभ गर्नु हुने उपभोक्तालाई स्योर सट उपहार प्रदान गरिनेछ ।

तस्वीर : उमेश पुन/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment