Comments Add Comment

‘म महेश’ एकसातामा ६ हजार बिक्री

काठमाडौं । एमाले नेता तथा उद्योगमन्त्री महेश बस्नेतको संस्मरणात्मक पुस्तक ‘म महेश’ एक सातामै ६ हजार प्रति बिक्री भएको गौँथली प्रकाशनले दाबी गरेको छ ।

Mahesh-Basnetबस्नेतले माओवादीको अर्धसैनिक संरचना वाइसीएलसँग टक्कर लिन एमालेले स्थापना गरेको युथ फोर्सको नेतृत्व गरेका थिए । त्यही कालखण्डलाई ‘म महेश’मा वर्णन गरिएको छ ।

‘पुस्तकबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्,’ प्रकाशक गौँथलीले विज्ञप्ति जारी गरेको छ, ‘महेश बस्नेतसँगको राजनीतिक प्रतिशोधका आधारमा केही मानिसले पुस्तकबारे नकारात्मक टिप्पणी गर्नु स्वाभाविक हो ।’

२७ साउनमा भव्य कार्यक्रमबीच विमोचन भएको पुस्तकमा महेशले इमान्दारीसाथ निकट विगतको प्रसंग लेखेको एमाले नैता शंकर पोखरेलले प्रतिक्रिया दिएका छन् । पुस्तकबारे शंकर पोखरेलले लेखेका छन्, ‘यो युवाहरुले पढ्नै पर्ने पुस्तक हो । प्ुस्तकमा निकट विगत लेखिएकाले पुस्तकमाथि व्यापक बहस र विवाद हुनसक्छ । राजनीतिमा लाग्ने युवाहरुका लागि यो पुस्तक प्रेरक हुनसक्छ ।’

प्रकाशकको भने राजनीतिमा मात्र नभएर साहित्यमा रुची राख्ने पाठकका लागि पनि पुस्तक उपयोगी हुने दाबी गरेको छ । ‘यसले नेपाली साहित्यमा पछिल्लो समय लेखिएका आत्मकथा तथा संस्मरणको ट्रेन्ड पनि बदल्न सहयोग गर्छ,’ प्रकाशकले जनाएको छ, ‘यसअघि छापिएका पुस्तकहरु आत्मप्रशंसामा केन्दि्रत थिए, यसमा महेश बस्नेतले इमान्दारीताका साथ कन्फेसन गरेका छन् ।’

वाइसिएलका क्याम्प हटाउनदेखि, रामहरि हत्याकाण्ड, जोग गुरुङको खुट्टा काटिएको प्रसंग, चरीलाई युथ फोर्समा समावेश गर्दा भएका गतिविधि, प्रचण्डसँग महेश बस्नेतको बैठक, विभिन्न प्रहरी तथा सेना अधिकारीका विषयमा पुस्तकमा समेटिएको छ । पुस्तकमा एमालेभित्रको राजनीतिलाई पनि केलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment