Comments Add Comment

लघुकथा – काँचुली

“चित्र बहादुर ठिक छन् । ” शितलले सबै पत्रिकाकाे हेडलाइन पढेर चियाकाे घुट्की तान्दै भन्याे । “हेर अहिले याे सङ्घीयता कसैले दललाई बाेकाइ दियाे। अहिले टाेक्नु न बाेक्नु भा छ ।”

अमृत बास्कुला
अमृत बास्कुला

चिया पसलमा सबैले शितलकाे कुरामा सहमति जनाउँदै हाे मा हाे थपे ।

 “याे सङ्घीयता मुद्दा माअाेवादप्ले ल्याएर देश यहाँ पुगाे” राम रिसले करायाे ।

“बीउ त माअाेवादीले नै राेपेकाे हाे तर गाेडमेल त नयाँ बाली भन्दै नेपाली काँङ्ग्रेस र एमालेले गरेकाे कुरा पनि त सहि हाे नि ” शितलले थप्याे । सबैले फेरि सहमतिमा टाउकाे हल्लाए ।

“त्यसाे भए अागामी चुनावमा चित्रेलाई भाेट दिउँ न त । प्रजातन्त्रमा त घाेषणा पत्र र व्यवहारकाे खाडल लेखाजाेखा गरी जायजलाई पाे जिताउनु पर्छ ।” श्यामले निचाेड निकाल्याे ।

सबैले हाे हाे भन्दै पूरा जाेसमा बिहानीकाे चिया पिएर अा अाफ्नाे पैसा तिरी काम तिर लागे ।

एक-दुई दिन पछि शितल, राम र श्याम अा अाफ्नाे माउ पार्टीमा नेपाली काँङ्ग्रेस, एमाले र माअाेवादीकाे सात, अाठ र तेह्र परदेशकाे भब्य सम्मेलनमा देखा परे । तिनीहरूले सर्पले झैँ काँचुली फेरिसकेका थिए । उनीहरूकाे चिया पसलकाे रिपाेर्टिङ जिल्लामा पुगिसकेकाे रहेछ । माथिबाट यस्तै गतिविधि भए कारवाहीकाे धम्की पनि अाएछ बिचराहरूलाई र हालका भागबन्डास्वरूप पाकाे जागिर पनि पदच्युत हुने खबरदारी पनि अाएछ ।

एक हप्ता पछि पुन: चिया पसलमा बहसमा उनीहरूकाे एउटै अावाज थियाे । “चित्रे र अन्य साना दलका नेता गफाडी मात्र हाे । उनीहरू अाजीवन अध्यक्ष खान्छन् विराेध गर्ने र हलाे अडकाउने मात्र हुन् । हेर्दा ठिकै लागे पनि उनीहरूले केही गर्न सक्दैनन् । फेरी अब थ्रेस होल्ड नियम लागु हुन्छ जस्ले अन्ततोगत्वा यस्ता साना पार्टी त पुरै विलय हुने निस्चित नै छ । अस्ति भावावेशमा के के भनियाे तर यथार्थ यही हाे । त्यसैले क्षमा गर्नुहोला ।”

अरू चिया पसलका मान्छेहरू याे देखेर तीन छक्क परे र उनीहरूकाे अाँखा खुल्लाकाे खुल्लै रह्याे।

केहि बर्षपछि शितल, राम र श्यामलाई आ आफ्नो ठाउँमा जनताले अत्यधिक मतले वडाध्यक्षको चुनाव जिताएको सुनियो ।

– अमृत बासुकला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment