Comments Add Comment

सौर्य बत्ती वितरण

६ भदौ, त्रिशूली । स्वास्थ्यचौकी, बर्थिङ सेन्टर तथा रेडक्रस उपशाखाका लागि ऊर्जा समाज नेपालले शनिबार सौर्य टुकी वितरण गरेको छ ।

समाजले जिल्लामा क्रियाशील सञ्चारकर्मीलाई पनि सौर्य टुकी प्रदान गरेको छ । ऊर्जा समाजका कार्यक्रम संयोजक चञ्चला ढकालले संस्थाले भूकम्पअघि महिला सशक्तीकरणका माध्यमबाट नवीकरणीय ऊर्जाका क्षेत्रमा काम गरिरहेको भए पनि भूकम्पपछि विपद्मा परेका महिला तथा अन्य उद्धारका क्षेत्रमा काम गर्ने सङ्घसंस्था र विद्यालयलाई सौर्य ऊर्जा वितरण गर्दै आएको बताए ।

उनले भूकम्प प्रभावित १० जिल्लामा सोलार र फिल्टर वितरण गरिसकेको बताउँदै मागअनुसारको राहत वितरणका लागि संस्था क्रियाशील रहेको बताए ।  संस्थाले नुवाकोटका विभिन्न स्थानमा गरी एक हजार दुई सय सोलार र एक सय ६४ फिल्टर वितरण गरिसकेको छ ।

जिल्लाका सामुदायिक विद्यालयलाई एक सय ७८ सोलार, लिखुमा एक सय ४० घरधुरीलाई सोलार र फिल्टर, उर्लेनीमा तीन सय ४५ सोलार, गोस्र्याङमा तीन सय सोलार, बेतिनीमा ५० सोलार र रातमाटेमा सोलार र फिल्टर ४० घरधुरीलाई वितरण गरिएको संस्थाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment