Comments Add Comment

मलेशियाबाट सुलभ रेमिटमार्फत पैसा पठाउन सकिने, एनमबि बैंक र सीबीएलबीच सम्झौता

६ भदौ, काठमाडौं । एनएमबि बैंक र सीबीएल मनि ट्रान्सफरबीच मलेशियाबाट नेपालमा सुलभ रेमिटमार्फत पैसा पठाउने सम्झौता भएको छ । सम्झौतापछि मलेशियामा रहेका नेपालीहरुले सीबीएलबाट सुलभ रेमिटमार्फत नेपालभर पैसा पठाउन सक्नेछन् ।

Sulav Remit Final photoसम्झौतापत्रमा एमएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल र सीबीएलका प्रमुख कार्यकारी अधिकृत मो. सैदुर रहमान फराजीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सीबीएल मनि ट्रान्सफरको मलेशियाभर रहेका सबै शाखाहरुबाट एमएमबि बैंक लगायत नेपालभरि रहेका चार हजारभन्दा बढी प्रतिनिधिहरु मार्फत नगद भुक्तानी र सिधै बैंक खातामा जम्मा गरी सुरक्षित रुपमा पैसा घरसम्म पठाउन सक्नेछन् ।

निकट भविष्यमै बैंकले खाडी र अन्य देशहरुबाट समेत रेमिटेन्स सेवा प्रदान गर्नेछ । सुलभ रेमिटको सेवा अहिले दुबई, कुवेत, कोरिया, मलेशिया र विश्वभरिबाट इन्सटयान्ट क्यासको स्हयार्थ सहित नेपालभरि आन्तरिक रेमिटेन्स सेवा पनि दिदै आएको छ ।
एनएमबि बैंकले आफ्नो पहिलो प्रतिनिधि कार्यालय पनि मलेशियामा यसै वर्षदेखि संचालनमा ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment