Comments Add Comment

के सलमानले पुनः बीगबोस चलाउलान् ?

salman-khan-being-human

मुम्बई । बलिउड स्टार सलमान खानले पुनः रियालीटि शो बीगबोसको होष्ट गर्ने चर्चा भारतीय संचारमाध्यमा सुरु भएको छ । भारतीय टेलिभिजनवाट प्रशारण हुने मध्ये ‘बिग बोस’ चर्चित रियालीटी सो मानिन्छ । नवौं संस्करणको श्रृङ्खलामा सलमाननै कार्यक्रम सञ्चालक बन्ने हल्ला चले पनि पक्का भने भइसकेको छैन ।

यसअघिका पाँचवटा श्रृङ्खलाको सञ्चालन सलमानले गर्दै आएका छन् । आठौं श्रृङ्खलाको सञ्चालन गर्दागर्दै सुटिङका लागि भन्दै सलमानले विचैमा कार्यक्रम छाडेर हिंडेका थिए ।

भारतीय समाचार माध्यमले उल्लेख गरे अनुसार हरेक वर्ष कार्यक्रम प्रशारण हुनु अघि कलर्स च्यानलले सम्पर्क राख्छ । तर, सलमान तत्कालै प्रक्रिया दिंदैनन् । लगभग हरेक श्रृङ्खलामा दर्‍है बार्गेनिङ गरेर सलमान बीगबोसमा जोडिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment